Like us!
Follow us!
Connect us!
Watch us!

अझै मकालुको विमान सम्पर्कविहिन

बुधबार, ०२ जेठ २०७५, ११ : ०१ मा प्रकाशित

अझै मकालुको विमान सम्पर्कविहिन

फाइल फोटो

अर्थ संसार, सुर्खेत– सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ ।

मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानमा चालक दलका दुई सदस्य हुनुहुन्छ । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाका राजु महतोले बताउनुभयो ।  विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको