Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले सुरु गर्यो गरिमा रेमिट

बुधबार, ०२ जेठ २०७५, १० : १० मा प्रकाशित

गरिमा विकास बैंकले सुरु गर्यो गरिमा रेमिट

अर्थ संसार, काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले मंगलबारदेखिआफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट” सञ्चालनमा ल्याएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच विकास बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताउनुभयो ।

विकास बैंकका प्रमूख कार्यकारी अधिकृत  गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिटनामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समय भित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताउनूभयो ।

साथै, उक्त कार्यक्रममा बोल्दै प्रमूख कार्यकारी अधिकृत ढकालले विकास बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने बताउनूभयो ।  

काठमाण्डौं महानगरपालिका वार्ड नं.–२, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले बैशाख महिनामा प्रदेश नं.१का झापा, मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हाल राजधानीमा ५ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा ATM संचालनमा रहेको छन ।

साथै, विकास बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयां बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखाकार्यालय स्थापनागर्दैछ ।

उल्लेखित शाखा कार्यालय स्थापना पश्चात विकास बैंकका कुल शाखा संख्या ६६ पुग्नेछन । हाल विकास बैंकको चूक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको छ । विकास बैंकले २०७५ बैशाख मसान्तसम्म १८अर्ब ९० करोड रुपैंया निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपैंया कर्जा लगानी गरेको छ । उक्त अवधिसम्म विकास बैंकले ४४ करोड सञ्चालन मूनामा आर्जन गर्न सफल भएको छ ।

5afbb533209e3.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको