Like us!
Follow us!
Connect us!
Watch us!

केवाइसी नविकरण नगर्ने ब्रोकरलाई सेयर कारोबारमा रोक, ४.३२ अंकले घटेको बजारमा १४ करोडको कारोबार

मंगलबार, ०१ जेठ २०७५, १६ : २९ मा प्रकाशित

केवाइसी नविकरण नगर्ने ब्रोकरलाई सेयर कारोबारमा रोक, ४.३२ अंकले घटेको बजारमा १४ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– सेयर बजारमा मंगलबार कारोबारमा ह्वात्तै गिरावट आएको छ । कूल १४३ कम्पनीको ३ लाख १९ हजार २६० कित्ता सेयर खरिदविक्री हुँदा १४ करोड ९२ लाख  ३९ हजार ९५५ रुपैयाँको कारोबार भएको छ ।

धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण नगर्ने ग्राहकलाई कारोबार नगराउन निर्देशन दिएपछि मंगलबारको सेयर कारोबारमा ह्वात्तै गिरावट आएको हो । धितोपत्र बोर्डले केही महिना अगाडि नै वैशाखमसान्तभित्र ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण गराउन ब्रोकहरुलाई निर्देशन दिएको थियो ।

बोर्डको निर्देशन अनुसार ग्राहक विवरण नविकरण नगराउने लगानीकर्तालाई ब्रोकर कार्यालयहरुले कारोबारमा रोक लगाएका थिए  । केवाइसी नविकरण नगर्ने ब्रोकरहरुले सेयर कारोबार गर्न पाएनन् ।

मंगलबार क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.१५ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा बैकिङ ४.२८, होटल ३२.९५, विकास बैंक १०.९६, जलविद्युत १३.१४, विमा १.३३, अन्य ०.५३ र माइक्रोफाइनान्स ५.६२ अंकले घटेको छ ।

यता व्यापार ५.४९ र उत्पादन २८.१६ अंकले बढेको छ ।  घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5afabc2e9d932.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको