Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

मंगलबार, ०१ जेठ २०७५, १५ : ५९ मा प्रकाशित

प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

अर्थ संसार, हेटौँडा– प्रदेश नं ३ नं प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५/७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गर्नुभएको छ ।

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरीसदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।

आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कोइरालाले प्रमाणित गर्नुभएको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक रस्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजै बसेको दोस्रो प्रदेशसभाको बैठकले भक्तपुर–१(क) बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारका क्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको