Like us!
Follow us!
Connect us!
Watch us!

लालबकैया, वाग्मती र कमलामा तटबन्ध बनाउन भारतद्वारा अनुदान

मंगलबार, ०१ जेठ २०७५, १४ : १३ मा प्रकाशित

लालबकैया, वाग्मती र कमलामा तटबन्ध बनाउन भारतद्वारा अनुदान

अर्थ संसार, काठमाडौँ– भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले सचिव सञ्जय शर्मालाई रु १८ करोड ७४ लाखको चेक हस्तान्तरण गर्नुभयो । 

नदी तालीम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य राख्छ जसले यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पुर्याउने विश्वास गरिएको छ । 

साथै भारतले नेपालसँग नदी तालीम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्नका लागि प्रतिबद्धता जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको