Like us!
Follow us!
Connect us!
Watch us!

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

मंगलबार, ०१ जेठ २०७५, १२ : ४१ मा प्रकाशित

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

अर्थ संसार, काठमाडौँ– धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लािग रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ । कामपाले रु १२ करोड मूल्यबराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ । 

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ । 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको