Like us!
Follow us!
Connect us!
Watch us!

नाफा बढाउँदै प्रिमियर र राष्ट्रिय बिमा

मंगलबार, ०१ जेठ २०७५, १२ : १२ मा प्रकाशित

नाफा बढाउँदै प्रिमियर र राष्ट्रिय बिमा

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा सूचिृकत भएका कम्पनीहरुले धमाधम त्रैमाससम्मको आर्थिक वित्तिय विवरण सार्वजनिक गर्न थालेका छन् ।

यसै क्रममा प्रिमियर इन्स्योरेन्स कम्पनी र राष्ट्रिय विमा कम्पनीले पनि आज चालु आर्थिक वर्षको त्रैमासम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेका छन् । दुवैको आर्थिक प्रतिवेदनले नाफा बढेको देखाएको छ ।

कुनको कति ?

प्रिमियर इन्स्योरेन्स

 प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १३ करोड ३५ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १० करोड ३० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले बिमा शुल्कतर्फ १ अर्ब १३ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष उसले १ अर्ब बिमाशुल्कतर्फ आम्दानी गरेको थियो ।

अघिल्लो वर्ष ९ करोड ४२ लाखमा सीमित पुनर्बिमा कमिसनबाट हुने आय बढाएर यो वर्ष १२ करोड ४८ लाखको उचाईमा पुर्याएको छ ।

यस्तै, ३ करोड १६ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर ५ करोड २३ लाख पुर्याएको छ ।यो अवधिमा कम्पनीले २९ करोड ८७ लाख बढीको दाबी भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा प्रिमियर इन्स्योरेन्सको चुक्तापूँजी ५८ करोड ४० लाख रहेको छ भने जगेडाकोषमा ७० करोड ४५ लाख, बिमा कोषमा ४३ करोड ४२ लाख र महाविपत्ति जगेडामा ३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको जगेडाकोषमा ८ करोड ५६ लाख रुपैयाँ मात्र रहेको थियो । यो हिसाबले कम्पनीले जगेडाकोषको आकार ७२२.४१ प्रतिशतले बढाएको छ ।

यो अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३०.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३०१.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.२३ गुणा कायम भएको छ ।

राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४६ करोड १३ लाख नाफा कमाएको छ । सोही अवधिमा अघिल्लो बर्ष सोही अवधिमा २६ करोड १३ लाख खूद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले बिमाशुल्कबाट १७ करोड ९५ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको कम्पनीले यो वर्ष सो शीर्षक अन्तर्गत १ करोड ७० लाख आम्दानी गरेको छ ।

लगानी, कर्जा तथा अन्यबाट हुनने आय समेत ७ करोड ८४ लाखबाट बढेर १७ करोड २१ लाखको उचाईमा पुगेको छ ।

यो अवधिमा कम्पनीले ४ करोड ६६ लाखको मात्र दाबी भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडाकोषमा २ अर्ब २ करोड, बिमा कोषमा १ अर्ब ३० करोड रहेको छ ।

नाफामा कमालको फड्को मारेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १७३.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८५९.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१२ गुणा कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको