Like us!
Follow us!
Connect us!
Watch us!

रामेछापमा सुरु भयो चिनियाँ लगानीको खिम्ती-२ आयोजनाको निर्माण

मंगलबार, ०१ जेठ २०७५, ११ : ५० मा प्रकाशित

रामेछापमा सुरु भयो चिनियाँ लगानीको खिम्ती-२ आयोजनाको निर्माण

अर्थ संसार, काठमाडौँ – चिनियाँ लगानी भित्र्याएको पिपल्स इनर्जी लिमिटेडले खिम्ती दुई आयोजनाको निर्माण कार्य सुरु गरेको छ ।

आयोजनाले दिएको जानकारीअनुसार दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.८ मेगावट क्षमताको सो परियोजनाको निर्माण कार्य सुरु भएको जनाएको छ ।

हाल  आयोजनामा पूर्वाधार निर्माणका काम धमाधम भइरहेको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्प लगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले बताउनुभयो ।

आयोजनाको मुख्य निर्माण कार्य आगामी दशैँ अगावै सुरु गर्ने योजनामा कम्पनी रहेको छ ।

त्यस्तैगरी आयोजनास्थलसम्म पुग्ने र आसपासका क्षेत्रका लागि ९ किलोमिटर सडकमध्ये ३ किलोमिटर सडक निर्माण भइसकेको छ ।

चीनको चोङजिङ वाटर टर्बाइन वक्र्स काम सुरु गरेको छ । सो आयोजनाका लागि चीनबाट करिब नौ अर्ब रकम भित्र्याइएको छ ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा बन्ने सो आयोजना निर्माणका लागि गत २०७४ फागुन ३० गते सम्झौता भएको थियो ।

आयोजना निर्माणका लागि  प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र चोरिङ र चाइना एन्ड पिपल्सबीच ८ करोड ८० लाख अमेरिकी डलरमा (रु ९ अर्ब रुपैयाँ) ठेक्का सम्झौता  भएको हो ।

इपीसीएफ सम्झौताअनुसार प्रवद्र्धक पिपल्स इनर्जीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ । त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने छ ।

आयोजनाको कुल लागत रु  १० अर्ब ५० करोड रहेको छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् ।

यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने छ । आयोजनाबाट ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको