Like us!
Follow us!
Connect us!
Watch us!

अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

मंगलबार, ०१ जेठ २०७५, १० : ४८ मा प्रकाशित

अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

अर्थ संसार, महोत्तरी– कृषि क्षेत्रलाई प्रबद्र्घन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ । 

सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २ पूर्णयता कृषिमा आधारित रहेकाले कम समयमा बढी उत्पादन गर्नका लागि सो विधिको विकल्प नरहेकोमा जोड दिनुभयो । यस संस्थालाई देशकै नमूना संस्था बनाउनका लागि कुनै कसर बाँकी नराख्ने मन्त्री साहले प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रमका बीच प्रदेश अर्थमन्त्री विजय यादवले भारतका दरभंगाका महाराजले सञ्चालनमा ल्याएको ऐतिहासिक यस संस्थालाई जोगाउनका लागि प्रदेश सरकारले आगामी दिनमा हरसम्भव सहयोग गर्ने धारणा राख्नुभयो । सोही क्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले देशकै नमूना संस्थालाई जोगाउनका लागि चौतर्फी सहयोगको माग गर्नुभएको थियो । 

राष्ट्रिय कृषि विकास बोर्डद्वारा सञ्चालित निगौल गाई गौशालामा हाल कार्यालय प्रमुख नहुँदा लामो समयदेखि निमित्तको भरमा सञ्चालनमा आएको छ जसका कारण संस्थाले सोचेअनुसारको प्रगति गर्न नसकेको कार्यालय स्रोतको भनाइ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको