Like us!
Follow us!
Connect us!
Watch us!

भुरुङ तातोपानीमा बाढीबाट एक करोडभन्दा बढीको क्षति

मंगलबार, ०१ जेठ २०७५, १० : ११ मा प्रकाशित

भुरुङ तातोपानीमा बाढीबाट  एक करोडभन्दा बढीको क्षति

अर्थ संसार, रामपुर, पाल्पा– माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुमाल समुदायको पेशा नै खोसिन पुगेको छ । 

पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका पाल्पा रामपुर नगरपालिका–६ मा बसोबास गर्ने कुमाल समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै खोसिन पुगेकोमा चिन्तित बनेका छन् । 

दुर्गादेवी कुमालले जानेबुझेदेखि नै माटोको भाडा बनाएर बेच्ने गर्नुहुन्थ्यो । त्यसैबाट उहाँको घरखर्च चलेको थियो । अहिले माटो निकाल्ने ठाउँ नै नपाएपछि उहाँलाई दिन बिताउनै समस्या परेको छ । “सानैदेखि माटोका भाडा बनाएर गाउँगाउँमा बेच्न लगिन्थ्यो, त्यसैबाट साँझ बिहानको गुजारा चलेकै थियो”– “माटो झिक्ने ठाउँ नहुँदा गर्दैआएको पेशा नै खोसियो” उहाँले भन्नुभयो । 

पुस्तौँदेखि गर्दै आएको पेशा खोसिन पुग्दा धेरैको रोजीरोटी गुमेको छ । सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाडा बनाउने पेशा संकटमा परेको ७५ वर्षीय गंगाबहादुर कुमाल बताउनुहुन्छ । रामपुर नगरपालिका–५ को बचाइनी भन्ने स्थानमा सुरक्षा बेस क्याम्प बसेपछि माटो निकाल्न रोक लगाइएको उहाँले बताउनुभयो । 

उपयुक्त माटोको स्रोत अभावमा पेशा नै हराउँदै गएको हुँदा अब माटोको व्यवस्थापन गरेर पेशालाई जोगाइ राख्नुपर्ने वडा नम्बर ६ का वडा सदस्य लोकमाया कुमालले बताउनुभयो । कुमाल समुदायले माटोको भाडा बनाउन माग गरेको खण्डमा आवश्यक सहयोग गर्ने वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउनुुहुन्छ । 


जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटोका भाडा बेचेर आफ्नो जीवन निर्वाह गर्दैै आए पनि अहिले लोप हैँदै गएको छ । वर्षौंदेखि गर्दै आएको पेशा संकटमा पर्न थालेपछि कतिपय कुमालले ज्याला मजदूरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । 

अर्कोतर्फ परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग गरिन छाडेपछि पेशा नै संकटमा परेको छ । हाँडी, घैँटा, चिलीम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाडा बनाउने कुमाल जातिको पेशा बजारमा आएका प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा लोप हुदै गएकोमा बूढापाका चिन्ता व्यक्त गर्छन् । 

तर हिजोआज भने विभिन्न मेला, महोत्सव, संग्रहालयमा भने हातले कुदेर बनाइएका माटोका विभिन्न भाँडा प्रदर्शनका लागि राखिन थालिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको