Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीको सेयर बोलकबोलमा, चार कम्पनीको आउँदै

मंगलबार, ०१ जेठ २०७५, ०६ : ३३ मा प्रकाशित

चार कम्पनीको सेयर बोलकबोलमा, चार कम्पनीको आउँदै

अर्थ संसार, काठमाडौं– सेयर बजारमा अहिले ४ कम्पनीको सेयर लिलाममा राखिएको छ  भने ४ कम्पनीको सेयर केही दिन भित्र विक्रीको लागि निश्कासन हुँदैछ ।

अहिले निर्धन उत्थान विकास बैंक, स्वावलम्बन लघुविद्युत वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक र बेस्ट फाइनान्स कम्पनीको लिलामी सेयर धमाधम विक्री भैरहेको छ । 

त्यसै गरी केही दिनभित्र सिभिल बैंक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, भार्गव विकास बैक र सिद्धार्थ बैकको सेयर लिलामीमा खुल्दै छ । माथिका कम्पनीहरुले पहिलो चरणमा निश्कासन गरेको सयमा विक्री नभएको सेयर लिलामीमा राखिएको हो ।

यी कम्पनीको सेयर लिलामीमा

निर्धन उत्थान बैंक लिमिटेड

यस बैंकको संस्थापक सेयर ३ लाख ५७ हजार ८३.१२ कित्ता सेयर लिलामीमा राखिएको छ ।  बैशाख  १६ गतेदेखि जेठ २ गतेसम्म  लगानीकर्ताले आवेन दिन सक्नेछन् । बैंकले सेयर विक्रीको लागि एनआईबिएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरको छ।

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर  ३ लाख २ हजार ४ सय १६ सेयर कित्ता सेयर बैशाक १९ गतेदेखि जेष्ठ २ गतेसम्म  बिक्रीमा राखिएको छ । संस्थाले सेयर विक्रीको लागि सनराइज क्यापिटल लिमिटेड विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कर्णाली डेभलवपमेन्ट बैंक लिमिटेड

कर्णाली डेभलवपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर १४ लाख ६१ हजार २ सय ७० र सर्वसाधरण सेयर ३ लाख ९ सय १८  कित्ता सेयर लिलामीमा राखेको छ । बैशाख ३१ गते देखि जेठ ७ गतेसम्म बिक्रीमा राखिएको हो । बैंकले सेयर विक्रीको लागि प्रभु क्यापिटल लिमिटेड विक्री प्रबन्धकमा जिम्मा दिएको छ । गरिएको छ । इच्छुक लगानीकर्ताहरुले जेठ ७ गतेसंम्म आवेदन दिन सक्नु हुनेछ ।

बेस्ट फाइनान्स कम्पनी लिमिटेड

यसै गरि बेस्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर  ७५ हजार ३ सय ४० सेयर बैशाश ३१ गते देखि जेठ ८ गतेसम्म बिक्रीमा राखिएको छ । उक्त सेयर विक्रीको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेड विक्री प्रबन्धकमा नियुत्ती गरिएको छ ।

यी कम्पनीको सेयर लिलामीमा आउँदै

सिभिल बैंक लिमिटेड

 यस बैंकको  संस्थापक सेयर २९ लाख ९२  हजार २१०.२५ कित्ता सेयर लिलामीमा आउने भएको छ । उक्त सेयर जेठ  २ गतेदेखि जेठ ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले सेयर विक्री को जिम्मा लक्ष्मी क्यापिटलल मार्केटलाई दिइएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

यस कम्पनीको सर्वसाधारण सेयर २ लाख ७१ हजार ९७८ कित्ताा सेयर जेठ ३ गतेदेखि  लिलामीमा निश्कासन हुँदैछ । इच्छुक लगानीकर्ताले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । लक्ष्मी क्यापिटललाई कम्पनीले बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

भार्गव विकास बैंक

यस बैंकको संस्थापक सेयर ६ लाख ६७ हजार ७०६  र सर्वसाधारण ८५ हजार ६६४  कित्ता सेयर  जेठ ३ गतेदेखि जेठ १० गतेसम्म लिलामीमा राखिने भएको छ । यसका लागि एनएमबी क्यापिटललाई जिम्मा दिएको छ ।

सिद्धार्थ बैंक

यस बैंकको संस्थापक सेयर ४० हजार ०२०.६४ कित्ता सेयर र सर्वसाधारण सेयर १ लाख ७४ हजार ३१५.५५ कित्ता सेयर जेठ ३ गतेदेखि जेठ १० गतेसम्म लिलामीमा राखिने भएको छ । यसका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको