Like us!
Follow us!
Connect us!
Watch us!

बसन्तपुरमा खुल्यो क्याफे कफी डे को नयाँ आउटलेट, छिट्टै नेपालकै ठूलो कफी चेन नेटवर्क बनाउने लक्ष्य

आइतबार, ३० बैशाख २०७५, १९ : ११ मा प्रकाशित

बसन्तपुरमा खुल्यो क्याफे कफी डे को नयाँ आउटलेट, छिट्टै नेपालकै ठूलो कफी चेन नेटवर्क बनाउने लक्ष्य

अर्थ संसार, काठमाडौं- नेपालमा आक्रमक रुपमा बजार बिस्तार गरिरहेको भारतीय मल्टिनेशनल कफी ब्राण्ड क्याफे कफी डे (सीसीडी)ले एक वर्षको बीचमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर दरवार स्क्वाएर सीसीडीको नयाँ आउटलेट शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो ।

बसन्तरपुरको आउटलेटको उद्घाटन शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरेका हुन् । १ करोडभन्दा बढीको लगानीमा सञ्चालनमा आएको यस कफी सपमा कफीका बिभिन्न भेराइटीका अलावा फाष्टफुड पनि उपलब्ध हुनेछ ।

नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गरी भविश्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कको रुपमा स्थापित गर्ने लक्ष्यअनुसार सीसीडीको बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलका प्रमुख रवि तेब्रेवालले जानकारी दिए ।

उनले भने, ‘पछिल्लो केहि वर्षहरुमा नेपालमा कफी कल्चर निकै बढेको छ, त्यसअनुसार स्तरीय कफी ब्राण्ड कमै रहेको अवस्थामा हामीले सीसीडी सुरु गरेका हौं, छिट्टै यसलाई नेपालकै ठूलो कफी चेन नेटवर्क बनाउनेछौं ।’

उनले आक्रामक बजारीकरणको कुरा गरिरहँदा काठमाडौंकै दरबारमार्ग र बानेश्वरमा पनि छिट्टै सीसीडीका नयाँ आउटलेटहरु खुल्ने जानकारी गराए । त्यस्तै उपत्यका बाहिर पोखरा, चितवन, बुटबल, धरान, बिराटनगर लगायतका शहरहरुमा साथै राजमार्ग लक्षित गरेर पनि आउटलेट स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए ।

भारतबाट सुरु भएको सीसीडीको संसारभर १७०० भन्दा बढी आउटलेटहरु छन् । भारतका प्रायः सबै मुख्य शहरका साथै मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायतका दक्षिण पूर्वी एशिया, युरोप, अफ्रिका र अमेरिकामा पनि यसका आउटलेटहरु छन् ।

5af83e29ec22c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको