Like us!
Follow us!
Connect us!
Watch us!

अरुण कावेलीको सेयर आज बाँडफाँट हुँदै, तपाईंलाई कति पर्यो ?

मंगलबार, ०५ पुस २०७३, १४ : ५९ मा प्रकाशित

अरुण कावेलीको सेयर आज बाँडफाँट हुँदै, तपाईंलाई कति पर्यो ?

अर्थ संसार

काठमाडौं–अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर आज दिउँसो बाँडफाँड गर्दै छ . कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो । अरुण काबेलीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिउँसो ३ बजे कम्पनीको थापाथली ट्रेड टावरस्थित कार्यालयमा बाँडफाँट गर्ने जनाएको छ । 

स्रोतका अनुसार ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई गोलाप्रथाले बाँडिएको छ । उनीहरुले १३ कित्ता पाएका छन् । त्यसपछि ५० हजारसम्म लगानी गर्ने सबैले आवेदनको २.६७ प्रतिशत सेयर पाएका छन् ।  त्यसभन्दा माथिको आवेदन गर्नेले १.९७ प्रतिशत सेयर पाएका छन् । 

कम्पनीले सर्वसाधारणका लागि कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयरमा १ लाख ६६ हजार १ सय १२ जनाले १२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयरका लागि आवेदन गरेका थिए । यो झण्डै ४२ गुणा हो । कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 यस सेयरका लागि मुलुकभरका ६४ संकलन केन्द्रबाट आवेदन संकलन गरिएको थियो । सर्बसाधारणले कम्तिमा ५० कित्तादेखि बढीमा १ हजार ५ सय कित्तासम्म सेयरमा लगानी गर्न सक्ने ब्यवस्था कम्पनीले गरेको थियो ।

अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २।४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।

यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड  स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको