Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाल सगुनमा लगानी गर्ने हो ? खुल्दै छ मिनी आइपिओ

मंगलबार, ०५ पुस २०७३, १३ : ३० मा प्रकाशित

सामाजिक सञ्जाल सगुनमा लगानी गर्ने हो ? खुल्दै छ मिनी आइपिओ

अर्थ संसार

हामीलाई फेसबुक चलाउने आदत बसाइ दिएर यसका सस्थापक मार्क जुकरबर्ग कम उमेरमै अर्बपतिको सूचीमा थपिए । एउटा विश्वविद्यालयका विद्यार्थीबीच सम्पर्क स्थापित गर्न बनेको फेसबुक अहिले संसारका इन्टरनेट चलाउनेहरुको दैनिकीसँग जोडिएको छ । यसरी धेरैलाई आफ्नो सञ्जालमा जोडेर आफूले पैसा कमाउने ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याटलगायत अनेकन सामाजिक संजाल/म्यासेन्जर छन् ।

एउटा नेपालीको आइडियामा यी सबै साइटको विशेषता भएको सामाजिक संजाल सगुनबारे तपाईंलाई थाहा छ ? छैन भने एक छिन सगुन डटकम ब्राउज गर्नुस् । यसले साइट चलाउनेबाट पैसा लिँदैन, बरु उल्टै उसले कमाएको नाफा यसका प्रयोगकर्ताहरुलाई समेत बाँड्ने योजना बनाएको छ । 

अमेरिकामा बसेर आइटीमा केही नयाँ प्रयोग गर्न सक्रिय रहेका नेपाली गोविन्द गिरीको टोलीले विकास गरेको सगुन यतिखेर विश्वभरका मिडियामा चर्चामा छ । यस कम्पनीले अवको एक महिनापछि संसारभरबाट लगानी जुटाउने गरी मिनी इनिसियल पब्लिक अफरिङ (आइपिओ) जारी गर्दैछ । यसले सर्बसाधारणलाई यतिखेर लगानीको राम्रो अबसर उपलब्ध गराएको छ । एउटा नेपालीको इनोभेटिभ आइडियामा स्थापित सगुन इंक पब्लिक कम्पनीका रुपमा अमेरिकी स्टक मार्केटमा सूचिकृत हुन उन्मुख छ । 

अमेरिकाले सन् २०१२ मा ल्याएको कानुनअनुसार सगुनले आफूलाई विश्व बजारमा स्थापित कम्पनी बनाउन यस बर्ष सर्बसाधारणलाई मिनी आइपिओ जारी गरेर २ करोड डलर (२ अर्ब) संकलन गर्दैछ । अमेरिकी जब्स एक्ट नामक उक्त ऐनअनुसार इमर्जिङ कम्पनीले अपकमिङ प्रोडक्टहरुमा लगानी जुटाउन बर्षमा ५ करोड डलरसम्मको मिनी आइपिओ जारी गर्न पाउँछन् । सन् २०१५ देखि कार्यान्वयनमा आएको यस कानुनअनुसार यसरी मिनी आइपिओ जारी गर्न अनुमति पाउने सगुन पहिलो सामजिक संजाल भएको यसका नेपाल प्रतिनिधि अजय शिवकोटी बताउँछन् । 

इमर्जिङ कम्पनीको आकारको कुनै अनुमानै गर्न सकिन्न । मार्क जुकरबर्गले सन् २००७ मा सुरु गर्दा फेसबुक १ खर्ब डलर (१ सय १० खर्ब रुपैयाँ) बजार पूँजीकरणतिर उन्मुख होला भनेर सपनामा पनि सोचेका थिएनन् । के थाहा ? सगुनको बजार मूल्य त्यस्तै नहोला भन्न सकिन्न । 

त्यसैले तपाईं पनि सगुनमा लगानी गर्ने कि ? तपाईंले घरखेत बेचेर सगुनको सेययरमा लगानी गर्नु पर्दैन । नेपालीले फेसबुक, ट्वीटर, लिंक्डइनजस्ता सामाजिक सजालमा लगानी गर्ने अबसर विरलै पाउँछन् । सगुनको सेयरमा भने विदेशमा खाता भएका यहाँका नागरिकदेखि विदेशमा बैधानिक रुपमा बस्दै आएका हरेकले लगानी गर्ने अबसर पाउने छन् । सर्बसाधारणका लागि कम्पनीले मिनि आइपीओमार्फत कम्पनीको कुल भ्यालुको २१ प्रतिशत अर्थात ८ लाख ७० हजार कित्ता शेयर जारी गर्दैछ । त्यति सेयरमध्ये हरेकले कम्तिमा प्रतिकित्ता २३ डलरका दरले १३ कित्ता शेयर खरिद गर्न २ सय ९९ डलर (करिव ३३ हजार रुपैयाँ) लगानी गर्न सक्नेछन् । 

कसरी गर्ने लगानी ?

अमेरिकी सेक्युरेटी एक्स्चेन्जले मागेका सबै कागजात बुझाएर सगुन इन्क मिनी आइपिओ जारी गर्न अन्तिम अनुमतिको प्रतिक्षामा छ । एक महिनाभित्र अन्तिम स्वीकृति आइसक्ने कम्पनीको दावी छ । 

आइपिओ खुल्नुअघि लगानीकर्ताले सगुन डटकम/इन्भेस्टमा आफूले कति कित्ता किन्न चाहेको भन्ने इच्छा जाहेर गर्न सक्छन् । यसरी इच्छा जाहेर गर्नेलाई सगुनले आइपिओ खुल्न लागेको इमेलमार्फत जानकारी दिनेछ । आइपिओ खुलेपछि अनलाइनबाटै आवेदन गर्न सकिने छ । आइपिओ किन्दा लाग्ने रकम आफ्नो खाताबाटै ट्रान्सफर गर्न सकिने छ । नेपालबाट विदेशमा लगानी गर्न पाउने कानुनी ब्यवस्था नभएकाले यहाँबाट सिधै सगुनको आइपिओ किन्न सकिँदैन । विदेशमा रहेका आफन्तमार्फत भने लगानी गर्न सकिन्छ ।  आइपिओ खुलेपछि पहिले आवेदन गर्नेको शेयर पर्ने भएकाले सेयर खुलेको जानकारी पहिल्यै पाउन जरुरी छ । 

अहिलेसम्म कम्पनीको वेवसाइटमा १ हजार ८ सय २२ जनाभन्दा बढीले ३२ लाख २३ हजार डलरभन्दा बढी लगानी गर्ने इच्छा जाहेर गरिसकेका छन् । 

केहो सगुन ?

सगुन सुरुमा अमेरिकामा रहेका नेपालीहरुले ५ करोड लगानी गरेर स्थापना गरेको सामाजिक नेटवर्क हो । विस्तार हुँदै गएपछि यस कम्पनीमा विदेशी लगानीकर्ताको यसमा आँखा पर्न थालेको छ । सगुनको एउटा समुह भारतमा बसेर डेभलपमेन्टको काम गरिरहेको छ । भारतका मिडियाहरुले सगुनलाई आफ्नो मुलुकमा हुर्केको फरक खालको सामाजिक संजाल भनेर प्रचार गरिरहेका छन् । त्यस्तै अमेरिकाका संचारमाध्यमले पनि यसलाई निकै स्थान दिएका छन् । 

सगुन डटकमलाई पछिल्लो पटक सोसल स्मार्ट कार्डका रुपमा प्रयोग गर्न सकिने गरि सार्बजनिक गरेको थियो । यसमा खाता खोल्दा, साथी बनाउँदा, साथीलाई म्यासेज पठाउँदा नगद (रिवार्ड) प्राप्त हुने छ । विशेष प्रकारले डिजाइन गरिएको यस कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न÷उपहार पठाउन प्रयोग गर्न सकिने सगुनको भनाइ छ । 

सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुन्छ । त्यसै गरी साइटमा भएका एप्सहरुको प्रयोग गर्दै जादा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुदै जान्छ । त्यसरी जम्मा भएको रकम अर्को बर्षदेखि सगुनका सुचिकृत विक्रेताकहा“ गएर सामान खरिद गर्न प्रयोग गर्न सकिने जनाइएको छ । यसको साइटमा भएका एप्स चलाएरका आधारमा डलरमा नगद थपिदै जान्छ । 

सगुन सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने गिरीको दावी छ । सगुनबाट पठाइने फोटो, सूचना शेयर गर्नासाथ डिलिट हुने उनले जानकारी दिए । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई मात्र पोस्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदानप्रदान गर्न सकिने विशेÈता यसमा छ । आङ्खनो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ लगायतलाई शेयर गर्न सकिन्छ । 

 सगुनले बनाएको सोसियल म्यासेजिङ एपका अरु केही रोचक विशेषता छन् । यसमा टुडेज सेक्रेट नामक एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर पनि यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल एप पनि छ । 

यसको थप विशेषता आफूले चलाएरै थाहा पाउन सकिन्छ । यसमा खाता खोल्नासाथ कसरी चलाउने भनेर सिकाउने टिप्सहरु छन् । सगुनले नायिका मनिषा कोइरालालाई ब्रान्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ । नेपालमा यसको सुरुआत तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । 

यो पनि पढ्नुहोस्

अरुण कावेलीको सेयर आज बाँडफाँट हुँदै

जाजरकोट पुग्यो धितोपत्र बोर्ड, स्थानीयलाई पूँजीवजारसम्वन्धीे जनचेतना जगाउँदै

रेनोे क्विड तथा डस्टरमा न्यूनतम मासिक किस्ताबन्दी योजना

सगरमाथा इन्स्योरेन्सले पुस २७ गते साधारणसभा गर्ने, २२ प्रतिशत बोसनको प्रस्ताव लैजाँदै

जनता बैंकले ५ दिन थप्यो हकप्रद भर्ने म्याद

चन्द माओवादीको चन्दा आतंक

म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको