Like us!
Follow us!
Connect us!
Watch us!

गाईपालनबाट एक लाख आम्दानी

शुक्रबार, २८ बैशाख २०७५, १५ : २७ मा प्रकाशित

गाईपालनबाट एक लाख आम्दानी

अर्थ संसार, बाजुरा-  बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल द्वन्द्वकालीन समयमा होस् वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहनुभयो । राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा बडुवालले गाउँमै गाईपालन व्यवसाय गर्न थाल्नुभएको छ । 

“आर्थिक समृद्धिका लागि कुनै न कुनै व्यवसाय आवश्यक छ,” उहाँले भन्नुभयो । रोजगारी गर्न व्यवसाय गर्नुभन्दा विदेश जाने प्रवृत्तिको अन्त्य गर्नका लागि गाईपालन व्यवसाय थालेको उहाँको भनाइ छ । बडुवाल गाईपालन व्यवसायबाट चार महिनामा रु एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । 

“राजनीतिमा लागे पनि व्यवसाय नगरी समाज परिवर्तन सम्भव छैन,” उहाँले भन्नुभयो, “गाईपालनबाट मासिक रु ३० हजार आम्दानी गरिरहेको छु ।” गाईपालन गर्नकै लागि उहाँले उन्नत जातका दुईवटा गाई चितवनबाट खरिद गरेर बाजुरा ल्याएको बताउनुभयो । अहिले उहाँसँग उन्नत जातका दुईवटा जर्सी गाई र दुईवटा बाच्छा रहेका छन् । 

“एक दिनमा २८ लिटर दूध उत्पादन हुन्छ,” उहाँले भन्नुभयो । उहाँले दुग्धजन्य पदार्थ नजिकैको बजारमा बिक्री गर्दैआउनुभएको छ । बजार नजिकै भएकाले उहाँलाई दूध बिक्री गर्न समस्या छैन । गाईपालन शुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । राजनीतिमा लागेर घरव्यवहार चलाउन निकै समस्या झेलेका बडुवालले अहिले राम्रै आम्दानी गर्न थाल्नुभएको छ । 

“व्यावसायिक रुपमा गाईपालन व्यवसायलाई अगाडी बढाउने योजना छ,” उहाँले भन्नुभयो । गाईपालनसँगै दिनभरको फुर्सदको समयलाई उहाँले सदुपयोग गर्न ‘समृद्ध बडीमालिका डेरी’ सञ्चालन गर्नुभएको छ । 

जिल्लामा विभिन्न व्यवसाय गर्दैआएका किसानका लागि सहयोग गर्दै आएको जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख शंंकर सिहंले बताउनुभयो । बेरोजगार युवालाई स्थानीय तहले गाउँमै व्यवसायतर्फ उन्मुख गराउन कार्यालयले सहयोग गर्दैआएको छ । बाख्रापाललन, भैसीपालन, कुखुरापालनलगायतका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको