Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश २ लाई १ अर्ब सहायता दिने मोदीको घोषणा

शुक्रबार, २८ बैशाख २०७५, १५ : ०० मा प्रकाशित

प्रदेश २ लाई १ अर्ब सहायता दिने मोदीको घोषणा

अर्थ संसार, जनकपुरधाम– नेपालको राजकिय भ्रमणमा रहेका  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् ।

 कार्यक्रममा उनलाई जनकपुर नगरको साँचो हस्तान्तरण गरिएको थियो भने मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समस्या राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को विकासका लागि १ अर्ब सहायता घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर यो रकममा बन्ने परियोजना छनोट गर्ने गर्नेछन् ।

जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको भन्दै उनले यसले नेपाललाई भारतको रेल सञ्जालमा जोड्ने बताए । रक्सौल काठमाडौं रेलका साथै जलमार्गबाट पनि नेपाललाई भारतलाई जोड्न चाहेको उनले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको