Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

शुक्रबार, २८ बैशाख २०७५, १४ : ४७ मा प्रकाशित

भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

अर्थ संसार, जनकपुरधाम– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ ।

उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं। २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ । आज जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उहाँलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको