Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक गणना तीव्र

शुक्रबार, २८ बैशाख २०७५, १२ : ५४ मा प्रकाशित

आर्थिक गणना तीव्र

अर्थ संसार, भक्तपुर– वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । 

सरकारले शुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चारवटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जानकारी दिनुभयो । 

यस्तै, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३७८, सूर्यविनायक नगरपालिकामा एक हजार ५२५ र चाँगुनारायण नगरपालिकामा ८६९ व्यवसायको आर्थिक गणना गरिएको छ । आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक जिल्लाभरी खटिएका छन् । गणक सबै व्यवसायिक आर्थिक एकाइ अर्थात प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गर्नेछन् । वैशाख र जेठमा आर्थिक एकाइको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने रावलले बताउनुभयो । 

इन्टरनेट र कागजी प्रश्नावली फारामको प्रयोग गरी आर्थिक एकाइको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गर्ने क्रम जारी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको