Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण अस्थिर छ शेयर बजार, नयाँ बजेटप्रति आशावादी छन् लगानीकर्ता

विहीबार, २७ बैशाख २०७५, १० : ०० मा प्रकाशित

यसकारण अस्थिर छ शेयर बजार, नयाँ बजेटप्रति आशावादी छन् लगानीकर्ता

अर्थ संसार, काठमाडौँ– शेयर बजारमा नकारात्मक भाइब्सले काम गरेको छ । नकारात्मक हल्लाका पछाडि दौडने नेपाली मनोविज्ञानका कारण नयाँ सरकार गठन भएपछि पनि शेयर बजारले लग समात्न सकेको छैन । धेरै ठूलो अंकले बजार घट्ने र बढ्दा खेरी समान्य अंकले मात्रै बढ्ने प्रवृत्ति पनि हावी भएको छ ।

नेपाली बजारमा सामान्य हल्लाले पनि बजार प्रभावित हुने गरेको छ । सकारात्मक भन्दा नकारात्मक हल्लाको खेती गर्ने जमात् बढेको छ ।

कहिले अर्थमन्त्रीको नाममा, कहिले राष्ट्र बैंकका गर्भनरको नाममा त कहिले सरकारको नाममा गलत हल्ला चलाउने गिरोह क्रियाशिल छ । उक्त गिरोह सतहमा नभएपनि एकाएक आउने उफानले बजार प्रभावित हुन्छ ।

यस्तै शेयर बजारमा लगानी गर्ने जमात छिट्टै नाफा कमाउने मनोविज्ञानले केन्द्रीछ । उक्त समूहले बजार सामान्य रुपमा बढ्ने बित्तिकै शेयर बेच्न हतार गर्न थालिहाल्छ । यस्तै बजार केही व्यक्तिको होल्डमा छ भन्दा पनि अन्यथा हुँदैन । उनीहरु नाफा कमाउने र साना लगानकिर्तालाई सधै मारमा पार्ने मनोविज्ञानले ग्रस्त भएका छन् ।

त्यस्तै बजारमा हकप्रद तथा बोनस शेयरको मात्रा पनि बढी रहेको छ । बैंक तथा वित्तीय संस्थाले आनो नाफा वितरण गर्नेभ न्दै बजारमा बोनस र हकप्रदको लहर पनि चलाएका छन् । यस्तै प्राथमिक शेयर निस्काशन गर्ने संस्था वा निकाय पनि बढेका छन् ।

नेपाल धितोपत्र बोर्डले आर्थिक अवस्था राम्रा नभउका केही जलविद्युत् कम्पनीलाई साधारण शेयर निस्काशनका लागि स्वीकृति दिएको छैन । ती कम्पनीलाई शेयर निस्काशनको अनुमतिपत्र दिने हो भने बजारमा प्राथमिक शेयरको भोल्यूम समेत बढ्ने देखिन्छ ।

सरकारले बुधबारदेखि देखि प्रतिनिधिसभामा पूर्व बजेट छलफल सुरु गरेको छ । नयाँ बजेट संविधानतः आगामी जेठ १५ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिन्छ ।

नयाँ बजेट पछि बजार बढ्ला भन्ने धेरैको आश रहेको छ । शेयर बजारमा लगानी गरेर घरबार डुबाएकालार्य नयाँ बजेटले केही त्राण देला भन्ने आश भएकाले पनि सरकारले लगानीकर्ताको भावनालाई सम्बोधन गर्नुपर्ने आवाज उठेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको