Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहमा ७५०० कर्मचारी अपुग

मंगलबार, २५ बैशाख २०७५, ०८ : ०३ मा प्रकाशित

स्थानीय तहमा ७५०० कर्मचारी अपुग

अर्थ संसार, काठमाडौं– देशभरका ७ सय ५३ स्थानीय तहमा अझै ७ हजार ५ सय अप्राविधिक कर्मचारी अपुग छन् ।

स्थानीय तहको कर्मचारी संगठन संरचनाअनुसार १८ हजार ३४ अप्राविधिक दरबन्दी रहेकोमा १० हजार ५ सय ३४ जनाले मात्रै प्रशासनिक काम सञ्चालन गरिरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेकर्मचारीकोरिक्त दरबन्दी विवरण संकलन गरको  हो।

संगठन संरचनाअनुसार प्राविधिक र अप्राविधिक गरी स्थानीय तहमा ३७ हजार २ सय ५७ कर्मचारी आवश्यक पर्छ । प्राविधिकतर्फको रिक्त दरबन्दी पनि संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गरी कर्मचारी खटाउने तयारी भइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जनसंख्याका आधारमा स्थानीय तहलाई ९ भागमा वर्गीकरण गरेर कर्मचारी पठाउन लागिएको हो । स्थानीय तहमा सचिवदेखि खरिदारस्तरका कर्मचारी खटिनेछन् ।

काठमाडौं महानगरपालिकामा कामु सचिव यादव कोइरालाले प्रशासकीय अधिकृतकोजिम्मेवारी सम्हालेका छन् । काठमाडौं महानगरमा दुई सहसचिवको दरबन्दी रिक्त छ । अन्य ५ महानगर र ११ उपमहानगरपालिकामा गरी १८ मध्ये १५ सहसचिवको दरबन्दी खाली छ ।

तीनवटा महानगरमा मात्रै सहसचिवस्तरका कर्मचारीले नेतृत्व गरेका छन् । ११ वटै उपमहानगरपालिकामा सहसचिवको दरबन्दी खाली छ । सबैभन्दा धेरैवडासचिवकोदरबन्दी रिक्त छ ।

खरिदार पदका कर्मचारी आवश्यकताभन्दा बढी खटिएका छन् । ३ हजार २ सय ७९ खरिदारको दरबन्दी रहे पनि २ हजार २ सय ८८ जना बढी खटिएका हुन्। सुब्बा पदको काम पनि उनीहरूले नै गरिरहेको मन्त्रालयको स्थानीय तह कर्मचारी व्यवस्थापन शाखाले जनाएको छ । सुब्बाको १२ हजार ९ सय ६४ मध्ये ९ हजार ९२ पद रिक्त छ ।

आठौं र सातांै तहका ४ सय ५९ अधिकृतको पद रिक्त छ । १ हजार २ सय ३३ अधिकृत दरबन्दीमध्ये ७ सय ७४ जना मात्रै स्थानीय तहमा काम गरिरहेका छन्। २ सय २२ उपसचिव पनि स्थानीय तहमा आवश्यक रहेको शाखाले जनाएको छ ।

५ सय २१ उपसचिवको दरबन्दीमध्ये २ सय ९९ जना मात्रै खटिएका छन । स्थानीय तहमा जान चाहने कर्मचारीस“ग आवेदन मागेर रिक्त पद पूर्ति गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता प्रेमप्रसाद लुइँटेलले बताए । जिल्ला/जिल्लामा संकलित
आवेदन मन्त्रालय आएलगत्तै रुजु गरी कर्मचारी पठाइनेउनलेजनाए ।

निवेदन दिनेमा धेरैजसो यसअघि नै नगरपालिका र गाउँपालिकामा खटिइसकेका कर्मचारी छन्। उनीहरूले खटिएभन्दा आकर्षक स्थानीय तहमा जान आवेदन दर्ता गरका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको