Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ आन्तरिक  विमानस्थल खोज्न विज्ञ समिति गठन

बुधबार, १९ बैशाख २०७५, १५ : ०८ मा प्रकाशित

नयाँ आन्तरिक  विमानस्थल खोज्न विज्ञ समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक विमानस्थललाई हटाएर नजिकै अर्को विमानस्थल खोज्न एक समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आज विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न ६ सदस्यीय समिति गठन गर्नुभएको हो  ।

मन्त्री अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिमा  नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापालाई राखिएको छ ।

मंगलबार काभ्रे बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरको मन्त्री अधिकारीले स्थलगत भ्रमण गरिएको थियो । सोही भ्रमणका आधारमा आज विमानस्थल निर्माणका लागि उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गरिएको हो ।

समितिलाई उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी दिइएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको