Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीका अधिकांश परिवारको आय स्रोत बैदेशिक रोजगारी

सोमबार, १७ बैशाख २०७५, ११ : ०१ मा प्रकाशित

सिन्धुलीका अधिकांश परिवारको आय स्रोत बैदेशिक रोजगारी

शंखर पहाडी ‘गौरब’

अर्थ सन्सार, सिन्धुली – सिन्धुलीका अधिकांश परिवारको आय स्रोत बैदेशिक रोजगारी बनेको छ । सिन्धुलीका  कुल जनसङ्ख्याको आधा भन्दा बढी काम गर्ने उमेर समुहका युवा जनशक्तीहरु  बैदेशीक रोजगारीका लागी विदेश पलायन हुने गरेका छन ।

सिन्धुलीको कुल जनसंख्याको ५६ प्रतिशत परिवारका सदस्य रोजगारीको शिलशिलामा विदेशिएका सुरक्षित आप्रवासन परियोजना(सामी) सिन्धुलीले अर्थ सन्सारलाई बताएको छ ।सामी परियोजनाको तथ्यांक अनुसार सिन्धुलीबाट विदेशिएका मध्ये सबैभन्दा धेरै ६७ प्रतिशत जनजातीहरु रहेका छन ।

गरिबी, अशिक्षा र वेरोजगारीका कारण सिन्धुलीका युवाहरु विदेशिन बाध्य भएका परियोजनाले जनाएको छ ।आन्तरीक श्रोत तथा साधन नभएका रोजगारी नभएका कारण  दैनिक जीविकोपार्जनमा समस्या परेपछि युवाहरु विदेशिने गरेका हुन ।

सिन्धुलीका करिब ५४ प्रतिशत घरपरिवार विदेशि पैसाले आफ्नो जिवीकोपार्जन गरी रहेका छन । विदेशीयका युवाहरुबाट जिल्लामा कत्ति रेमिट्यान्स भित्रिन्छ भन्ने यकिन तथ्यांक भने कुनै पनि निकायसँग छैन ।

बैदेशिक रोजगारीमा गएका मध्ये ४५ प्रतिशत मलेसिया गएका छन् भने २२ प्रतिशत साउदी अरबमा रोजगारीका लागि युवाहरु विदेशिएको सामी परियोजनाले जनाएको छ ।त्यस्तै जिल्लाबाट रोजगारीका लागि विदेशिएका मध्ये १९ प्रतिशत कतार र १० प्रतिशत युएई गएको तथ्यांकमा उल्लेख गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट मानिसहरुले आईएमई गर्ने भएकाले तथ्यांक राख्न असजिलो भएको सामी परियोजना सिन्धुलीकी उमा पौड्यालले  अर्थ सन्सारलाई बताईन ।

रोजगारीमा गएका आफ्ना आफन्तले पठाएको रकम लिन परिवारका सदस्यहरु सदरमुकामस्थित विभिन्न रेमिट्यान्स सेवा तथा बैंक कार्यालयमा आउने गरेका छन् भने केहीले जिल्लाको आफ्नै ठाँउमा स्थापना भएका लघुवित्त बैंक तथा राष्ट्रिय बाणिज्य बैंकका शाखा उपशाखाबाट रकम लिने गरेका छन् ।

सिन्धुलीबाट एक वर्षमा नै झण्डै ७ हजार युवा रोजगारीका लागि विदेशिएका छन् । जिल्लाबाट आर्थिक वर्ष २०७३ /०७४ मा झण्डै ७ हजार युवा रोजगारीको शिलशिलामा विदेशिएका हुन् ।

(सामी) परियोजना सिन्धुलीको तथ्याङक अनुसार आव २०७३/०७४ मा ६ हजार ८ सय १६ जना युवा बैदेशिक रोजगारीमा गएका छन् । जसमा सिन्धुलीबाट सबैभन्दा धरै युवाहरु मलेसिया गएको तथ्यांकमा उल्लेख गरिएको छ।

बैदेशिक रोजगारीमा गएका मध्ये ४५ प्रतिशत मलेसिया गएका छन् भने २२ प्रतिशत साउदी अरबमा रोजगारीका लागि युवाहरु विदेशिएको सामी परियोजनाले जनाएको छ ।त्यस्तै जिल्लाबाट रोजगारीका लागि विदेशिएका मध्ये १९ प्रतिशत कतार र १० प्रतिशत युएई गएको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ को तुलनामा आव ०७३/०७४ मा विदेश जाने युवाको संख्या घटेको परियोजनाले जनाएको छ ।

०७०/७१ मा सिन्धुलीबाट अहिलेसम्मकै धेरै संख्यामा युवा विदेश पलायन भएको बताईएको छ । सो आर्थिक वर्षमा जिल्लाका ८ हजार ६ सय १३ जना युवा विदेश गएका थिए भने २०७३/०७४ मा ६ हजार ८ सय १६ जना मात्रै युवा रोजगारीका लागि विदेश गएको सामीको तथ्यांकले देखाएको छ ।

जिल्लाबाट आव ०७२/७३ मा ५ हजार ३ सय ७१ जना विदेशिएका थिए । सामी परियोजनाका  अनुसार ०६८/६९ मा ४ हजार ९ सय १८, आव ०६९/०७० मा ६ हजार ६ सय ९०, आव ०७०/०७१ मा ७ हजार ९ सय ७३ विदेशिएका थिए ।

सवै भन्दा बढि २१ देखि २५ वर्ष उमेर समूहका मानिसहरु विदेशिने गरेको देखिएको छ । वैदेशिक रोजगारीमा जानेमा सिन्धुली नेपालको १३ औँ स्थानमा रहेको जिल्ल भएको सामि परियोजनाको तथ्यांककले जनाएको छ ।

अहिलेसम्म सिन्धुलीबाट वैदेशिक रोजगारीमा गएका १ सय ३ जना नागरिकको विदेशमा नै ज्यान गएको तथ्यांक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको