Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीको रोजगारीे केन्द्र मलेसिया, दैनिक १ हजार मलेसिया प्रस्थान

शनिबार, १५ बैशाख २०७५, १० : ५१ मा प्रकाशित

नेपालीको रोजगारीे केन्द्र मलेसिया, दैनिक १ हजार  मलेसिया प्रस्थान

अर्थ संसार, काठमाडौँ– दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् ।

त्यस्तै रोजगार अनुमति प्रणाली९इपिएस० परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् । चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन् । त्यस्तै कम जाने मुलुकमा जापान छ ।

त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको