शुक्रबार, ०१ भदौ २०७५, २१ : २०
गाउँदेखि मध्ये पाहाडी लोकमार्गसम्मको यात्रा बृतान्त
आइतबार, १६ बैशाख २०७५

शंखर पहाडी,गौरब

पुर्वी नेपाल र पश्चिमी नेपाललाई प्रत्यक्ष देशको राजधानी काठमाण्डैाँ सम्म जोडने महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको मध्ये पाहाडी लोकमार्गको स्तरोउन्नती कार्य सुस्त भएको छ ।

यस लोकमार्गको निर्माण भएसंगै पुर्व सुनकोसी तिरैतिर हुदैँ पाहाडी जिल्लालाई देशको राजधानी काठमाण्डौँ सम्म जोड्ने त पश्चिम्मका पाहाडी जिल्ला समेत देशको राजधानी काठमाण्डौँसम्म प्रतक्ष्य जोडिएका छन ।

 मध्य पाहाडी लोकमार्ग धेरै वर्ष पहिलादेखि निर्माण कार्य सुरु भएको महेन्द्र राजमार्गको विकल्पको एक मात्र सडक पनि हो । जसले कुनै कारणवस महेन्द्र राजमार्ग अबरोध भएको समयमा मध्ये पाहाडी लोकमार्गले नेपालको पुर्व पश्चिम जोड्ने आशा लिएका छोँ ।

अर्थात पुर्वबाट पश्चिम हिडेका यात्रु तथा सवारी साधन नेपालको कुनै पनि विचबाटोमा अलपत्र पर्ने छैनन्। यो ता आशा गरेको कुरा हो  । तर, आशा गरेको कुरा पुरा कहिले हुने हो त्यो चासो भने सिन्धुलीबासीको मात्र नभई मध्ये पाहाडी लोकमार्गको सेवा सुविधाको आशा गरेका सेवाग्राहीको चासो हो ।

हुन त, हामीलाई नेपालको राजधानी काठमाण्डौँ सम्म स्थालमार्गको रुपमा प्रत्यक्ष जोड्ने काम वि.पी.राजमार्गले गरेको छ । वि.पी. राजमार्ग बातावरणमैत्री डेमो राजमार्ग भनेर नेपालमा मात्र नभई यसियामा समेत चिनिएको छ ।

तर. वि.पी. राजमार्गको भारवहन क्षमता केवल ८ टन मात्र रहेको छ । भने साना मोड भएका र साँघुरो बाटो भएका कारण पनि यस मार्गमा १८ सिट सम्मका सवारी साधनमात्र सञ्चालन गर्न  अनुमति छ । तर. यस मार्गमा ठुला सवारी साधन पनि आफ्नो मनोमानीका कारण चली रहेका छन । जसलाई नेपाल सरकारले कानुनी मान्यता दिएको छैन ।

सिन्धुलीको कर्णाली भनेर पनि परिचित हाम्रो गाउँ तिनपाटन गाउँ पालीकाको चकमकेबाट सुर भएको हाम्रो राजधानी काठमाण्डौँसम्मको यात्रा सिन्धुली सदरमुकाम आएपछि वि.पी राजमार्गमा जोडियो । कच्ची सडक हुदैँ करिब ४ घण्टाको यात्रा, यात्रुको चाप र सवारी क्षमता भन्दा दोब्बर यात्रु सवार सवारी साधन भगवान भरोसामा वि.पी राजमार्गमा जोडियो । साँघुरो बाटो सवारी चाप र घुम्ती नै घुम्ती भएको वि.पी राजमार्गको १ घण्टाको यात्रा पछि बल्ल हामी मध्ये पाहाडी लोकमार्गमा जोडिन सिन्धुलीको खुर्काेट पुग्यौँ ।

अग्ला अग्ला पर्खाल, तलतिर सुनकोसी नदी अनी सवारी चाप र साना घुमाउरा घुम्ती वारीपरी हरीयाली साँच्चै मनमोहक दृश्य लाग्छ,स्वार्गको एक टुक्रामा हामी यात्रा गरि रहेका छौँ । लामो समयसम्म महेन्द्र राजमार्गको प्रयोग गर्दै काठमाण्डौँ पुगेका हामीलाई सुनेको कुरा आफैँले देख्ने र अनुभव गर्ने अवसर मिल्यो ।

वास्तवमा नै वि.पी राजमार्ग भन्दा मध्ये पाहाडी लोकमार्ग फराकिलो र घुम्तीहरु पनि थोरै रहेको सवारी चाप बाक्लो अनी सुनकोसी तिरका रमाईला हरीयाली बस्ती । सडकका छेउमा साना तथा ठुला खाजा घर तथा होटल एण्ड जलहरु गुणस्तरहिन खाना र महँगो सुल्क त्यसका साथै सवारी चालकहरुलाई उनिहरुको ईच्छा अनुसार लागु औषध तथा लागुपर्दाथको व्यावस्था पैदल यात्रुहरुको त्रासपुर्ण पैदल यात्रा ।

पाहाड, जंङ्गल, नदी किनार यात्रा साँच्चै सोचे भन्दा फरक र रमाईृलो लाग्यो । कतै साँघुरो त कतै फराकिलो बाटो ठुला तथा साना सवारी साधनको तिब्रगति अनि तलतिर निलो सुनकोसी त्यसका छेउमा रहेका सुख्खा बस्ती कुनै समय त लाग्थ्यो हामी नेपाली जल श्रोतमा  दोस्रो धनी भएर  पनि त्यो नदीको जलको सहि प्रयोग गर्न नसक्दा कतै हामी ढुङ्गे युगमा नै त छैनौँ लागुपर्दाथको के नेपाल सरकारको ध्यान नदीमा लागुपर्दाथको

बगेको पानीमा जान नसके कै हो त ? जस्ता प्रश्नहरु हाम्रो मनमा आउथे । यात्रा गर्दै जाँदा कतिपय स्थानमा पुल निर्माण कार्य अलपत्र परेको दृश्य पनि हाम्रा आँखामा देखिए । त कतै नदी दोहन गरी अव्यवस्थीत  तथा अबैध रुपमा नदी उत्खनन् गरीएको दृश्यहरु हाम्रा आँखामा आउथे ।जसका कारण वर्षाको समयमा के मध्ये पाहाडी लोकमार्ग अबरोध हुने अवस्था नआउला भन्ने प्रश्न हाम्रा मनमा आउनु स्वाभाविकै थियो ।

यदि देशको विकास गर्ने हो भने सडक, विजुली, बाटो, खाने पानी नेपाली जन्ताले सहज रुपमा प्रयोग गर्न पाउनु पर्छ । यदि मध्ये पाहाडी लोकमार्गमा निर्माणाधिन पुल,कल्भर्टहरु तथा मध्ये पाहाडी लोकमार्गको निर्माण बाँकी रहेको स्थानको सडकहरु यथासिघ्र निर्माण कार्य सुरु गरी तिब्रगतिमा अगाडी बढाउनु आवश्यक रहेको हामीले महसुस गरेका छौँ ।

धरान, चतरा , हेटौँडा सकड मार्गको निमार्ण कार्य जारी रहेको समयमा मध्ये पाहाडी लोकमार्गले धरान, चतरा,हेटौँडा सडक खण्डलाई पनि नछुने हो भने यो महेन्द्र लोकमार्गको विकल्पको रुपमा रहन नसक्ने हामीले अनुमान गरौँ ।  

महेन्द्र राजमार्गको विकल्पको रुपमा २०६५ सालबाट निर्माण कार्य सुरु भएको मध्ये पाहाडी लोकमार्ग करिब १० वर्षको निमार्णअबधि हुँदा आजको दिन सम्म पनि त्यहि महेन्द्र राजमार्गको आश्रृत भएको हामीले महसुस गर्रौँ । ग्रामिण बस्ती जोड्ने ट्र्याकको निमार्ण कार्यले वर्षात सुरु भएपछि धेरै दिनसम्म सडक मार्ग अबरोध भएका घटना हामीले देखे सुनेका तथा महसुस गरेका घटनाहरु हुन ।

निर्माण कार्य अलपत्र परेका पुल तथा बाटोका विभिन्न स्थान  यथासिघ्र निर्माण नगर्ने हो भने एउटा सामान्य गाउँमा जोड्ने ट्र्याक भन्दा मध्ये पाहाडी लोकमार्ग फरक नहोला ।

निर्माण कार्य सुरु भएको धेरै वर्ष विति सक्दा पनि निर्माण कार्य सुष्त रहनु राज्यकोषले गरेको लगानीको दुरुपयोग भएको एउटा उद्दाहरण हो भन्दा फरक नपर्ला । महेन्द्र राजमार्गको विकल्पको रुपमा निर्माण कार्य सुरु भएको यस मार्गको निर्माण कार्यमा नेपाल सरकारले यथासिघ्र ध्यान नदिने हो भने हामी नेपालीलाई आँखामा छारो हालेको भन्दा अरु केही आरोप लगाउने स्थान नरहला ।

समयमा नै निर्माण कार्य सम्पन्न नहुन तथा निर्माण कार्य सुस्त हुन अनि कुनै समयमा निर्माण कार्यमा अबरोध गर्नु प्रति कसको कति भुमिका छ वा को दोषी  हो सो मेरो चासोको विषय नरहला तर विकास निर्माण कार्यमा अबरोध गर्नु विकास विरोधी गतिबिधी बाहेक अरु केही होईन ।
वास्तवमा नै देश भुकम्पको धक्काले कापी रहेको तथा थला परेको परेको छ ।

समयमा विकास निर्माणमा पनि नेपाली नेताहरुको ध्यान नजाने हो भने अब नेपाली जन्ताले संविधान सभाका सदस्यहरु बैठक बसी रहेको समयमा उनिहरुमाथी एकमुष्ट सांकेतीक चेतावनी दिनुको विकल्प नरहेको हामीले महसुस गरेका छौँ ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved