Like us!
Follow us!
Connect us!
Watch us!

शशत्र प्रहरीमा खुल्यो जागिर, कात्तिक ४ गतेसम्म फारम भर्न सकिने

विहीबार, १३ असोज २०७३, १० : ३६ मा प्रकाशित

शशत्र प्रहरीमा खुल्यो जागिर, कात्तिक ४ गतेसम्म फारम भर्न सकिने

अर्थ संसार
काठमाडौं–शशस्त्र प्रहरीले विभिन्न पदमा जागिर खान चाहनेहरुका लागि आवेदन आहवान गरेको छ । शशस्त्र प्रहरी वल प्रधान कार्यालय मानवश्रोत विकास विभागले विभिन्न पदमा ९० जनाको लागि आवेदन मागेको हो । विभागले शशस्त्र प्रहरी निरीक्षक ५४ जना र प्रहरी साहयक निरीक्षक ३६ जना मागेको हो ।

विभागले मागेको कोटामा प्रहरी निरीक्षकमा खुलातर्फ २९ जना, अमर अशक्त १ जना, महिला ५, आदिवासी जनजाती ८, मधेसी ७, दलित ३ र पिछडीएको क्षेत्र १ जना गरी ५४ जनाको लागि आवेदन गर्न भनिएको छ । यस्तै सहायक निरीक्षकका लागि खुलातर्फ १९, अमर अशक्त १, महिला ३, आदिवासी जनजाती ५, मधेसी ५, दलित २ र पिछडीएको क्षेत्र १ जना गरी ३६ जनाको लागि आवेदन खुल्ला गरिएको छ । उक्त पदका लागि असोज ५ गतेवाट कात्तिक ४ गते ५ वजेसम्म आवेदन दिन सकिने छ ।

आवेदनका लागि शशत्र प्रहरी वल कार्यालय हलचोक काठमाडौं, पुर्व क्षेत्रीय शशस्त्र प्रहरी वल मुख्यालय बराह बाहिनी, पकली सुनसरी, मध्य क्षेत्रिय शशस्त्र प्रहरी वल मुख्यालय रुद्र बाहिनी पथलैया वारा, पश्चिम क्षेत्रिय शशस्त्र प्रहरी वल मुख्यालय मुक्तिनाथ बाहिनी पोखरा कास्की, मध्यपश्चिम क्षेत्रिय शशस्त्र प्रहरी वल मुख्यालय महेश्वरी बहिनी सुर्खेत र सुदुर पश्चिम क्षेत्रिय शशत्र प्रहरी वल मुख्यालय वैद्यनाथ बाहिनी अत्तरिया कैलालीमा आवेदन फर्म भर्न सकिने छ ।
५ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको