Like us!
Follow us!
Connect us!
Watch us!

चालु बर्ष निर्यात आयात ८४ प्रतिशतले बढ्दा निर्यात १७ प्रतिशतले मात्र

शनिबार, ०२ पुस २०७३, १२ : ३७ मा प्रकाशित

चालु बर्ष निर्यात आयात ८४ प्रतिशतले बढ्दा निर्यात १७ प्रतिशतले मात्र

अर्थ संसार
काठमाडौं–आर्थिक बर्ष २०७४ को पहिलो चार महिनासम्ममा कुल वस्तु निर्यात १७ प्रतिशतले वृद्धि भएको छ । रकममा रुपान्तरण गर्दा निर्यात २४ अर्ब ५२ करोड रुपैयाँको भएको छ । नेपाल राष्ट्र बैंकले उक्त तथ्यांक सार्बजनिक गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्फ २३.२ प्रतिशत, चीनतर्फ ३६.६ प्रतिशत र अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात बढेको छ । 

वस्तुगत आधारमा जुस, जुटका सामान, जुत्ता तथा चप्पल, रोजिन, पिना, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने अलँची, तयारी पोसाक, जिङ्क सिट, तरकारी, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यस अवधिमा कुल वस्तु आयात ८७.४ प्रतिशतले बढेर रु. ३०१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६.८ प्रतिशतले घटेको थियो । भारतबाट भएको आयात १०६.१ प्रतिशत, चीनबाट भएको आयात ७२.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५३.२ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, एमएस विलेट, अन्य मेशिनरी तथा पार्टपूर्जा, संचारका उपकरण तथा पार्ट्स, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका उपकरण, कोल्डरोल सिट इन क्वाईल, चाँदी, सुपारी, तयारी पोशाक, लगायतका वस्तुहरुको आयात घटेको छ । 

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र सुख्खा बन्दरगाहा भन्सार कार्यालय नाकाहरुबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । 

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । ज्ञठ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ९७.९ प्रतिशतले बढी रु. २७७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३७.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ प्रतिशत रहेको थियो । निर्यात आयात मूल्य सूचकाङ्क ज्ञड। आर्थिक वर्ष २०७४ को पहिलो चार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १२.८ प्रतिशतले वृद्धि भएको तर आयात मूल्य सूचकाङ्कमा ०.२ प्रतिशतले कमी आएकोले व्यापारको सर्तमा १३.१ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १८.१ प्रतिशतले बढेको थियो । 

अदुवा, कार्पेट, रुद्राक्ष, दाल, पोलिष्टर धागोको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने सुपारी, जुटका सामान, पेट्रोलियम पदार्थ, एम.एस बिलेट आयातीत मूल्यमा कमी आएको कारण आयात मूल्य सूचकाङ्कमा कमी आएको हो ।

समीक्षा अवधिमा कुल सेवा आय १४.१ प्रतिशत र कुल सेवा खर्च ८.८ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. १ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा घाटा रु. १ अर्ब ५ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३३.५ प्रतिशतले वृद्धि भई रु. १७ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १८.१ प्रतिशतले घटेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको