Like us!
Follow us!
Connect us!
Watch us!

आठ अंकले घट्यो सेयर बजार, कारोबार रकममा समेत गिरावट

बुधबार, १२ बैशाख २०७५, १६ : ५२ मा प्रकाशित

आठ अंकले घट्यो सेयर बजार, कारोबार रकममा समेत गिरावट

अर्थ संसार, काठमाडौं – सेयर बजार निरन्तर ओरालो लागेको छ । आइतबार उकालो लागेको बजार सोमबार, मंगलबार र बुधबार भने लगातार घटीरहेको छ ।

 कारोबार मापक सूचकसँगै कारोबार रकम समेत घट्न थालेको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.३९  अंकले घट्दै एक हजार ३८६.४७ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५०  अंकले घटेर २९३.१२  अंकमा झरेको छ । आइतबार एक हजार ४३८ अंकमा रहेको शेयर बजार तीन दिनमा ५१.८४ अंकले खुम्चिदै एक हजार ३८६.४७ अंकमा पुगेको छ । सूचक मात्रै नभई कारोबार रकममा समेत व्यापक गिरावट आएको छ ।

आज  १६० कम्पनीका सेयर खरिद बिक्री भएका छन् । सबैभन्दा बढी नेपाल ग्रामिण विकास बैंकका रु चार करोड २४ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।

कारोबारमा आएका १० समुहमा अन्य बाहेक सबै घटेका छन्। अन्य ०.०९ अंकले बढेको छ। बैंक ५.९, ट्रेडिङ ०.१७, होटल २८.७६, विकास बैंक १६.६५, जलबिद्युत २३.०९, फाइनान्स ५.०३, बीमा ५७.२७, उत्पादन मुलक ११.१७ र लघुवित्त १८.३२ अंकले घटेका छन्।

बुधबार सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन । रिलायन्स फाइनान्सका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन् ।      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको