Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीबाट पाँच घरमा क्षति

बुधबार, १२ बैशाख २०७५, ०९ : ०० मा प्रकाशित

आगलागीबाट पाँच घरमा क्षति

अर्थ संसार, राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ ।

स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ) मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको