Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तको १ लाख ८० हजार कित्ता आइपिओ विक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

बुधबार, १२ बैशाख २०७५, ०५ : ०० मा प्रकाशित

नेपाल सेवा लघुवित्तको १ लाख ८० हजार कित्ता आइपिओ विक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– नेपाल सेवा लद्युवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ)  (आज) अर्थात  बुधबारदेखि निश्कासन भएको छ ।

 संस्थाको १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेको हो ।  कम्पनीले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको  विक्री पूबन्धक एनएमबी क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार बैशाख १२ गतेदेखि निश्कासन हुने यस कम्पनीको साधारण सेयर बैशाख १६ गते बन्द हुनेछ ।

कम्पनीको जारी पूँजीको ३० प्रतिशत आइपिओ जारी गर्न लागेको हो ।  लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आइपिओको लागि आबेदन गर्नसक्ने छन् ।

कसले कति आवेदन दिन पाउने ?

बैशाख १२ गतेदेखि निश्कासन हुने लद्युवित्तको साधारण सेयरमा १ लाख ८० हजार कित्तामध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि छुट्याइएको छ ।

त्यसै गरी  ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १ लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

आइपिओ, हकप्रद, लिलामी सेयर आदि ताजा जानकारीको लागि हाम्रो यो पजमा लाईक गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको