Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवै घट्यो

मंगलबार, ११ बैशाख २०७५, १६ : २६ मा प्रकाशित

नेप्से र कारोबार दुवै घट्यो

अर्थ संसार, काठमाडौँ–सेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १५।९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४२ बिन्दुले ओरालो लागेर २९४।६२ बिन्दुमा पुगेको छ ।

आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता सेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको सेयर ओरालो लागेको छ ।

व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७।७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5adf0b73c3367.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको