Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन,लक्ष्मी,सेञ्चुरी र प्राइम बैंकको वित्तीय विवरण सार्वजनिक, कुनले कति कमाए ?

मंगलबार, ११ बैशाख २०७५, १२ : ०७ मा प्रकाशित

हिमालयन,लक्ष्मी,सेञ्चुरी र प्राइम बैंकको वित्तीय विवरण सार्वजनिक, कुनले कति कमाए ?

अर्थ संसार, काठमाडौं– हिमालयन बैंक, लक्ष्मी बैक, सेञ्चुरी बैंक र प्राइम बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तिीय विवरण सार्वजनिक गरेका छन् ।यी चारै वटै बैंकले त्रैमासमा सम्म आइपुग्दा नाफा कमाउन सफल भएका छन् ।

कुन बैंकको नाफा कति ?

सेञ्चुरी बैंक लिमिटेड

यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ करोड खुद नाफा आर्जन गरेको छ । सोही अवधिमा गत वर्ष ३१ करोड ९ लाख नाफा गरेको थियो ।

पछिल्लो समय प्रचार प्रसारमा आक्रमक बन्दै आएको यस बैंकले गत वर्षको भन्दा दोव्वर बढी नाफा हो ।

बैंकको ७७ करोड खुद ब्याज आम्दानीलाई बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । त्यसै गरी बैंकले ५२ अर्ब ७३ करोड निक्षेप संकलन तथा ५० अर्ब २  करोड कर्जा प्रवाह गरेको देखिन्छ । कर्जा १९ अर्ब ९५ करोड र निक्षेप १९ अर्ब ५८ करोडले बढाएको हो ।

साना कम्पनीमा आफूसँग गाभेको यस बैंकको चुक्ता पुँजी आठ अर्ब ०६ करोड पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ४२ पैसा छ । गत बर्ष ११ रुपैयाँ २४ पैसा रहेको थियो । बैंकको निष्कृय कर्जा अनुपात ०.७६, पूँजी कोष अनुपात १६.३६, कर्जा निक्षेप अनुपात ७८.१८, निक्षेप लागत ८.८८ र आधार ब्याजदर १२.०६ प्रतिशत रहेको छ ।

हिमालयन बैंक लिमिटेड

हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  एक अर्ब ६१ करोड खुद मुनाफा गरेको छ । जुन गतबर्षको सोही अवधिमा एक अर्ब ५३ करोड कमाएको थियो ।
बैंकको निक्षेप लागत ३.२५ प्रतिशतबाट बढेर ६.३५ प्रतिशतमा उक्लेपछि नाफा बढ्न नसकेको हो ।

६ अर्ब ८७ करोड व्याज आम्दानी गर्दा बैंकले ३ अर्ब ९६करोड व्याज खर्च गरेको छ । जसबाट बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । गतबर्षको यसै अवधिको भन्दा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशतले मात्र बढी हो ।

चुक्ता पूँजी ६ अर्ब ४९करोडबाट आठ अर्ब ११ करोड रुपैयाँ पुगेपछि बैंकको प्रतिसेयर आम्दानी ३१.५३ रुपैयाँबाट २६.४८ रुपैयाँमा झरेको छ ।

यस अवधिमा बैंकले ९६ अर्ब ३२करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ३.७० प्रतिशत र कर्जा ९.४४ प्रतिशतले बढेको छ । निक्षेप संकलनमा बैंक कमजोर देखिएको छ ।

कर्जा निक्षेप अनुपात ७८.७४ प्रतिशत पुगेको बैंकको निष्कृय कर्जा अनुपात ०.९० बाट १.१९ प्रतिशतमा बढेको छ । यसले बैंकले थप कर्जा विस्तार गर्ने अवस्था देखिँदैन ।
बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २३ गुणा रहेको छ । बैंकको जगेडाकोष भने बढेर ५ अर्ब २० करोड पुगेको छ ।

लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा  ८० करोड २६ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत बर्ष सोही अवधिमा बैंकले ५६ करोड ९१ लाख खुद नाफा गरेको थियो । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ४१ प्रतिशत बढी हो ।

लक्ष्मी बैंकले चैत्र मसान्तसम्ममा ८० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ४१ प्रतिशत बढी हो । बैंकले गतबर्षको यसै अवधिमा ५६ करोड ९१ लाख खुद नाफा गरेको थियो ।

बैंकले यसअवधिसम्म ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप ९.४६ प्रतिशत तथा कर्जा लगानी १६.८९ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलनको अनुपातमा कर्जा लगानीको अनुपात बढेपछि कर्जा निक्षेप अनुपात सिडि रेशियो ७७.७९ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकलाई थप कर्जा विस्तार गर्न निक्षेप बढाउनुपर्ने बाध्यता छ ।

तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ५४ रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेको हो। बैंकको अधार ब्याजदर ११.३५ प्रतिशत पुगेको छ भने कोषको लागत बढेर ७.७३ प्रतिशत पुगेको छ ।

बैंकको पूँजीको आकार बढेपनि निष्क्रिय कर्जाको आकार भने केही घटाएको छ । यसअवधिमा बैंकको खराब कर्जा १.१६ प्रतिशत छ । गतबर्ष यस्तो अनुपात १.७९ प्रतिशत थियो ।

बैंकको प्रतिशेयर आम्दानी १३.०२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १९.९६ गुणा, प्रतिशेयर नेटवर्थ १२६.३८ रुपैयाँ छ ।

प्राइम बैंक लिमिटेड

प्राइम बैंक  चालु आर्थिक वर्षको त्रैमासम्ममा एक अर्ब २५ करोड ८५ लाख रूपैयाँ कमाउन सफल भएको छ ।

जुन गत वर्षको सोही अवधिमा ८८ करोड २९ लाख खुद नाफा आर्जन गरेको थियो । गत बर्ष भन्दा यो वर्षमा आफ्ना नाफा ४२ प्रतिशतले बढाएको छ ।

आठ अर्ब ३ करोड चुक्ता पूँजी कायम गरेको बैंकले प्रतिसेयर आम्दानी गत बर्षको भन्दा केही बढाएर २० रुपैयाँ ८९ पैसा कायम गरेको छ ।

बैंकको जगेडा कोष ३९ प्रतिशतले बढेर दुई अर्ब ६६ करोड सञ्चित हुन पुगेको देखिन्छ ।

बैंकले निक्षेप संकलन ३२ र कर्जा परिचालन ३६ प्रतिशतले बढाएको छ । यस अवधिमा बैंकले ७४ अर्ब २० करोड निक्षेप संकलन गरि ६६ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको हो । बैंकले खुद व्याज आम्दानी ३७ करोड ८८ लाख रुपैयाँ बढाएर एक अर्ब ६९ करोड आर्जन गरेको छ ।

खराब कर्जा १.३७ बाट घटाएर १.०६ मा झार्दा खराब कर्जा नोक्सानी व्यवस्था २४ करोड ९५ लाख गरेको छ । बैंकले १५ करोड ३६ लाख कर्जा असुली गरेपछि नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।

बैंकको कर्मचारी खर्च ८ करोड ३१ लाख बढेर २६ करोड ९० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च १७ करोडबाट बढेर २५ करोड पुगेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७७.६४, निक्षेप लागत ८.५३, आधार ब्याजदर ११.१०, र पूँजी कोष अनुपात १२.५१ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १३३.१२ पैसा र मूल्य आम्दानी अनु्पात १४.१२ गुणा बढी रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको