Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको साधारणसभाले गर्यो १० प्रतिशत लाभांश र १ः३ अनुपात हकप्रद पारित

सोमबार, १० बैशाख २०७५, १८ : ०७ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको साधारणसभाले गर्यो १० प्रतिशत लाभांश र १ः३ अनुपात हकप्रद पारित

अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेको २३ औं वार्षिक साधारण सोमबा सम्पन्न भयो ।

साधारण सभाबाट आ.व. २०७३/७४ को मुनाफाबाट १०५ बोनस सेयर तथा बोनस सेयर वापतको कर प्रयोजनार्थ रु. ६३९,४७४।०० नगद लाभांश दिने प्रस्ताव पारित भयो ।

साथै, कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस सेयर पश्चात हुन आउने कुल चुक्ता पुंजी मा यस कम्पनीका सेयरधनीहरुलाई १ः१.०५ (एक बराबर एक दशमलव शुन्य पांच) संस्थापक सेयर कायम हुने गरी हकप्रद सेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण सेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ (एक बराबर तिन) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भयो ।

सेयरधनीहरुबाट संचालक समितिमा प्रतिनिधित्व गर्न ५ जना संचालकहरु राजिव सापकोटा, भुबल राई, हेमराज थापा, राम प्रसाद खनाल तथा श्रीमती एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित हुनु भयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको