Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिव्यक्ति ऋण २ हजारले बढ्यो

सोमबार, १० बैशाख २०७५, १७ : १४ मा प्रकाशित

प्रतिव्यक्ति ऋण २ हजारले बढ्यो

अर्थ संसार, काठमाडौँ– नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो ।

महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५।९३ प्रतिशत रहेको छ ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको