Like us!
Follow us!
Connect us!
Watch us!

१६ लाख लागतमा जडीबुटी प्रशोधन उद्योग स्थापना

सोमबार, १० बैशाख २०७५, ०८ : २१ मा प्रकाशित

१६ लाख लागतमा जडीबुटी प्रशोधन उद्योग स्थापना

अर्थ संसार, इलाम–इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थोपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको हो ।

उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसींगरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन गरिरहेको दाहालले बताउनुभयो । धुपीबाट उत्पादित तेल बाथको रोग भएका र ढाड दुख्ने आदि समस्या भएका व्यक्तिलाई उपयोगी हुने बताइएको छ ।

यस्तै मेन्थाको तेल दाँत दुख्ने, मुख र पेटको समस्यामा उपयोगी हुने छ । यस्तै जडीबुटीबाट प्रशोधित तेल पफर्युम (अत्तर) बनाउन पनि उपयुक्त रहेको छ ।

विदेशमा महँगो मूल्यमा निर्यात गर्न सकिने यस्ता जडीबुटीजन्य तेलको माग उच्च भए पनि बजार पूर्णरूपमा पाउन नसकेको दाहालले बताउनुभयो । उहाँले निजी आवादीमा मेन्था, धुपी, धसींगरे, टिमुरजस्ता वनस्पतिको संरक्षण र सम्वद्र्धन गर्न स्थानीयलाईसमेत आग्रह गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको