Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उत्साह कायमै, ५० अंकले बढेको बजारमा १ अर्ब २३ करोडको कारोबार

आइतबार, ०९ बैशाख २०७५, १५ : १९ मा प्रकाशित

सेयर बजारमा उत्साह कायमै, ५० अंकले बढेको बजारमा १ अर्ब २३ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–साताको पहिलो दिन (आज) आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ५०.१८ अंकले बढेको छ । नेप्से इन्डेक्स १२८८.७९ विन्दुबाट १४३८.४९ विन्दुमा पुगेको छ ।  

१६७ वटा कम्पनीको २८ लाख ८९ हजार ९४३ कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब २३ करोड ५ लाख ३ हजार १८० रुपैयाँको कारोबार भएको छ । वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १०.०८ अंकले बढेको छ ।

आज बैकिङ ३९.३१, होटल ६५.२, विकास बैंक ६१.६६, जलविद्युत ८९.८८, फाइनान्स २३.१४, विमा ३५२.९९, उत्पादन ४०.३८, अन्य १२.५७, माइक्रोफाइनान्स १००.२३ अंकले बढेको छ ।

५०.१८ अंकले बढेको बजारमा अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले सवै भन्दा धेरै १० प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् ।

यता, सवै भन्दा कम रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन् ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

 

 

5adc5c4d1ac59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको