Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै सानिमा बैंक

आइतबार, ०९ बैशाख २०७५, १४ : ५९ मा प्रकाशित

नाफामा अब्बल बन्दै सानिमा बैंक

अर्थ संसार, काठमाडौं–  चालु आवको तेस्रो त्रैमाशमा सानिमा बैंकको नाफा २७ प्रतिशतले बढेर १अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ७४ लाख रुपैयाँ फिर्ता ल्याएको छ ।

बैंकको खुद व्याज आम्दानी करिब २५ प्रतिशत र अन्य आम्दानी करिब ५६ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी दुई अर्ब ७ करोड रुपैयाँ र अन्य आम्दानी ७१ करोड छ ।

बैंकको कर्जा र निक्षेपमा क्रमशः ३२ प्रतिशत र ३३ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ र खराब कर्जा भने केही बढेको छ । बैंकको खराब कर्जा ०.१७ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २०.२२ पैसा, मूल्य आम्दानी अनुपात १७.७ , सेयरमा प्रतिफल १५.७७ र प्रतिसेयर नेटवर्थ एक सय २८ रुपैयाँ छ ।

5adc546b530f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको