Like us!
Follow us!
Connect us!
Watch us!

बालबालिकालाई दिवा खाजा व्यवस्था

आइतबार, ०९ बैशाख २०७५, ११ : २४ मा प्रकाशित

बालबालिकालाई दिवा खाजा व्यवस्था

अर्थ संसार, बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय आज गरेको हो । बैठकले कक्षा १ देखि ५ सम्मका विपन्न वर्गका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि मापदण्ड बनाउने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई खाजा बाकस उपलब्ध गराउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र उनीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले हालै समायोजन भएका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने शिक्षा समितिको निर्णयलाई अनुमोदन गरेको बताउनुभयो ।

यस्तै बैठकले शिक्षा नियमावली, २०७४ मा उल्लिखित व्यवस्थाका अतिरिक्त संस्थागत विद्यालयले उपलब्ध गराउने पूर्ण छात्रवृत्तिका सन्दर्भमा पनि निर्णय गरेको प्रवक्ता श्रीले जानकारी दिनुभयो । सोअनुसार कक्षा १ देखि ५ सम्म सञ्चालित संस्थागत विद्यालयले एक, कक्षा ८ सम्म सञ्चालित विद्यालयले दुई र माध्यामिक तह सञ्चालित संस्थागत विद्यालयले तीन जनालाई नगरपालिकाको सिफारिसमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको