Like us!
Follow us!
Connect us!
Watch us!

जलाशययुक्त आयोजनाको पहिलो पिपिए हिउँदमा, प्रतियुनिट १२ रुपैयाँ ४० पैसा पाउने

आइतबार, ०९ बैशाख २०७५, १० : ४६ मा प्रकाशित

जलाशययुक्त आयोजनाको पहिलो पिपिए हिउँदमा, प्रतियुनिट १२ रुपैयाँ ४० पैसा पाउने

अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहु हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको तनहुँ सेती जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौताको प्रारम्भिक समतिपत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौता जलाशयुक्त आयोजनामा गरिएको पहिलो विद्युत् खरिद सम्झौता हो । यस अघि प्राय जसो सबै आयोजनामा नदी प्रवाही आयोजनामा विद्युत् खरिद सम्झौता भएका थिए ।

नदी प्रवाही आयोजनालाई क्रमशः कम गर्दै जलाशयुक्त आयोजना निर्माणमा जोड दिने लक्ष्यका साथ सरकारले पछिल्लो दिनमा सोहीअनुसारको गतिविधि गर्दै आएको छ ।

सम्झौताअनुसार सुख्खा याममा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा ६.१० रुपैयाँमा विद्युत् खरिद गर्ने गरी प्रारम्भिक सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

कूल १४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको विद्युत खरिद प्रारम्भिक सम्झौता सम्पन्न भएपछि यसले फड्को मारेको सम्वद्ध पक्षको भनाइ छ ।

हाल आयोजनाको निर्माण पूर्वको प्रारम्भिक काम भइरहेको छ । जग्गाको मुआब्जा वितरणको काम करिब ९० प्रतिशत सकिएको छ । यस्तै ठेकेदार छनोटको काम समेत जारी रहेको छ । केही महिना देखि नै आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।

सम्झौतामा प्राधिकरणको योजना अनुगमन तथा सुचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र तनहुँ हाइड्रो पावरका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले हस्ताक्षर गरेको आयोजनाले जनाएको छ ।  

सम्झौताअनुसार सुख्खा याममा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा ६.१० रुपैयाँमा विद्युत् खरिद गर्ने गरी प्रारम्भिक सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

उक्त प्रारम्भिक सम्झौतालाई प्राधिकरणको सञ्चालक समितिले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।  प्राधिकरणले प्रारम्भिक सम्झौता गरेको यो पहिलो आयोजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको