Like us!
Follow us!
Connect us!
Watch us!

विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग

शनिबार, ०८ बैशाख २०७५, १८ : ५५ मा प्रकाशित

विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर उद्योग, भन्सारलगायतका क्षेत्रमा भएको सिन्डिकेटसमेत खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी समय व्यतित भइसकेको, खुलाबजार नीति अवलम्बन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सान्दर्भिक छैन भन्ने हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।

विगतको राजनीतिक तरलताको फाइदा उठाउँदै भएको सिन्डिकेटको खारेजीमा सघाउन आम समुदायलाई महासंघले अपिलसमेत गरेको छ । महासंघले सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको