Like us!
Follow us!
Connect us!
Watch us!

इन्धनमा कृत्रिम मूल्यवृद्धि स्वीकार्न सम्भव छैन : ट्रम्प

शनिबार, ०८ बैशाख २०७५, १७ : १३ मा प्रकाशित

इन्धनमा कृत्रिम मूल्यवृद्धि स्वीकार्न सम्भव छैन : ट्रम्प

अर्थ संसार, वासिङ्टन, संयुक्त राज्य अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)ले अस्वभाविक तथा कृत्रिमरूपमा मूल्य बढाएको भन्दै यस्तो मूल्यवृद्धि अमेरिकाका लागि स्वीकार्य नहुने बताउनुभएको छ ।

उहाँले इन्धनको मूल्यमा समायोजन गर्नका लागि पेट्रोलियम पदार्थको उच्च मात्रामा उत्पादन र वितरण गर्दै आएका विश्वका मुख्य मुलुकहरूका सम्वन्धित मन्त्रीहरूको साउदी अरबमा छलफल भइरहेको समय उक्त प्रतिक्रिया जनाउनुभएको हो ।

ओपेक सदस्य राष्ट्रका मन्त्रीहरूको भेलाले मूल्यवृद्धि गर्न लागेको भन्ने सूचनालाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “तेल उत्पादनदरमा उल्लेख्य वृद्धि छ र इन्धनका जहाजहरूले निरन्तर पेट्रोलियम पदार्थसहित बोकेर ओहोरदोहोर गरिरहेका छन् । तेलको मूल्य अस्वभाविक रूपमा वृद्धि गरिएको छ । यो कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।”

ओपेक उत्पादक राष्ट्र तथा उत्पादन नगर्ने मुलुकले सन् २०१६ मा इन्धनका बिषयमा एक सम्झौता गरी प्रतिदिन १८ लाख व्यारेल उत्पादन गरी तेलको विश्व बजारमा सन्तुलन गर्ने सहमति गरेका थिए । जसले अस्वभाविक मूल्यवृद्धिमा नियन्त्रण राख्ने अपेक्षा गरिदै आएको छ ।

यस बर्षको अन्त्यसम्मका लागि उक्त सम्झौताले पेट्रोलियम पदार्थको मूल्य सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलर रहेकोमा यसलाई उठाएर ७० अमेरिकी डलरमामा पुर्याउन सफल भएको छ ।  एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको