Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तको १ लाख ८० हजार कित्ता आइपिओ बुधबारदेखि

शनिबार, ०८ बैशाख २०७५, १२ : २६ मा प्रकाशित

नेपाल सेवा लघुवित्तको १ लाख  ८० हजार कित्ता आइपिओ बुधबारदेखि

अर्थ संसार, काठमाडौं– बैशाख १२ अर्थात बुधबारदेखि  नेपाल सेवा लद्युवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

यस संस्थाले यही बैंशाख १२ गतेदेखि साधराण सेयर निश्कासन गर्ने भएको हो । संस्थाको एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने छ । कम्पनीले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको  विक्री पूबन्धक एनएमबी क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार बैशाख १२ गतेदेखि निश्कासन हुने यस कम्पनीको साधारण सेयर बैशा १६ गते बन्द हुनेछ ।

कम्पनीको जारी पूँजीको ३० प्रतिशत आइपिओ जारी गर्न लागेको हो ।  लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आइपिओको लागि आबेदन गर्नसक्ने छन् ।

कसले कति आवेदन दिन पाउने ?

बैशाख १२ गतेदेखि निश्कासन हुने लद्युवित्तको साधारण सेयरमा १ लाख ८० हजार कित्तामध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि छुट्याइएको छ ।

त्यसै गरी  ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १ लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा ८ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको