Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक नाफामा अब्बल बन्दै

शुक्रबार, ०७ बैशाख २०७५, १५ : ०१ मा प्रकाशित

सिटिजन्स बैंक नाफामा अब्बल बन्दै

अर्थ संसार, काठमाण्डौ –सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा अब्बल बन्दै आएको देखिन्छ ।

तेश्रो त्रैमाससम्म १ अर्ब खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ८८ करोड २८ लाखमा सीमित थियो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो बैंकको नाफा १४.३९ प्रतिशतले वृद्धि भएको हो ।

 बैंकको खूद ब्याज आम्दानी १ अर्ब २५ करोडबाट वृद्धि भई १ अर्ब ४६ करोडको उचाईमा पुगेको छ ।

बैंकले संचालन मुनाफालाई समेत राम्रोसँग बढाएको छ । अघिल्लो वर्ष ८८ करोड ७१ लख रुपैयाँ रहेको यस्तो नाफामा ३३ प्रतिशतको हाराहारीमा प्रगति गरी समीक्षा अवधिमा १ अर्ब १७ करोडको उचाईमा पुर्याएको हो ।

अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म रिजर्ब कोषमा २ अर्ब १७ करोड रहेकोमा यो वर्ष बढेर २ अर्ब ३७ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५५ अर्ब ५६ करोड निक्षेप संकलन गरी ४७ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो  

बैंकले निस्क्रिय कर्जा अनुपातलाई समेत घटाएको छ । अघिल्लो वर्ष यही अवधिमा १।५५ प्रतिशत रहेकोमा घटेर १।४६ प्रतिशतमा झारेको छ ।

बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको यस्तो पूँजी ५ अर्ब ८७ करोड रुपैयाँ थियो । यसरी बैंकको पूँजीतर्फ ३७ प्रतिशतको हाराहारीमा वृद्धि भए पनि खूद नाफातर्फ भने १४.३९ प्रतिशतको मात्र वृद्धि भएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी केही खुम्चिएको छ ।

अघिल्लो वर्षको तेश्रो त्रैमासमा प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ रहेकोमा केही घटेर यो वर्ष १६.७६ रुपैयाँ  कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५१ गुणा कायम भएको छ ।

यो पनि पढ्नुहोस्

एभरेष्ट र सिद्धार्थ बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

युनाइटेड फाइनान्सको नाफामा गिरावट 

अरुण काबेलीको २५ मेगावाट विजुली बाल्ने अन्तिम तयारीमा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको