Like us!
Follow us!
Connect us!
Watch us!

सांसद मनाङे कारागारमा

शुक्रबार, ०७ बैशाख २०७५, १२ : २३ मा प्रकाशित

सांसद मनाङे कारागारमा

अर्थ संसार, काठमाडौँ–महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ ।

विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहीबार पक्राउ गरेको मनाङेलाई आज जिल्ला काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिनुभयो ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको