Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको घट्यो खराब कर्जा, नाफामा बृद्धि

शुक्रबार, ०७ बैशाख २०७५, ११ : १९ मा प्रकाशित

सिद्धार्थ बैंकको घट्यो खराब कर्जा, नाफामा बृद्धि

अर्थ संसार, काठमाडौं–  सिद्धार्थ बैंक  लिमिटेडले आलु आर्थिक वर्ष ( २०७४/७५ ) को तेस्रो त्रैमासमा नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेका छ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख  रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा २८ प्रतिशतले नाफा बढेको हो ।  गत वर्ष बैंकको नाफा ९५ करोड ७० लाख  रुपैयाँ थियो । सिद्धार्थले ब्याजबाट पनि राम्रै कमाएको छ । बैंकको ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । खराब कर्जा घटाएर १.३१ प्रतिशतमा झारेको छ । गत वर्ष १.७१ प्रतिशत खराब कर्जा थियो ।

बैंकले कल इन एडभान्सको रकम जोडेर नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापूँजी पुर्याएको छ । चुक्तापूँजी ८ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

सिद्धार्थको  सिसिडी रेसियो (कर्जारपूँजीरनिक्षेप अनुपात)  बढेर ७८.१० प्रतिशत पुगेको छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २०.५२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा रहेको छ । बैंकले यस अवधिमा ९० अर्ब ४० करोड निक्षेप संकलन गर्दा  ७९ अर्ब ८८ करोड ऋण लगानी गरेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको