Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से १४ सय नजिक, २५ अंकले बढेको बजारमा १ अर्ब ११ करोडको कारोबार

विहीबार, ०६ बैशाख २०७५, १५ : १५ मा प्रकाशित

नेप्से १४ सय नजिक, २५ अंकले बढेको बजारमा १ अर्ब ११ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– धितोपत्र बजार बुधबार २५.३ अंकले बढेको छ । १ ६८ वटा कम्पनीको २६ लाख ६३ हजार ५८२ कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३६१ रुपैयाँको कारोबार भएको छ । 

नेप्से इन्डेक्स १४ सय नजिक पुगेको छ ।  आज नेप्से इन्डेक्स १३६३.२० विन्दुबाट १३८८.५१ विन्दुमा पुगेको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसचूक समेत ५.१८ अंकले बढेको छ ।  बढेको बजारमा व्यापार समूह भने २.२ अंकले घटेको छ ।

यता बैकिङ २४.५१, होटल २१.३२, विकास बै.क १६.५७, जलविद्युत ४४.८७, फाइनान्स ३.१३, विमा ५१.२३, उत्पादन ७.९८, माइक्रोफाइनान्स १४.२६ र अन्य २९.६६ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा प्रोग्रेशिभ फाइनान्स लिमिटेड झण्डै १० प्रतिशतले बढेको छ भने सहयोगी विकास बैंक लिमिटेड  सवै भन्दा कम ७ प्रतिशतले घटेको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

 

 

5ad86758bc69f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको