Like us!
Follow us!
Connect us!
Watch us!

सी-आस्वा प्रणालीमा लगानीकर्ताको गुनासो, प्रभावकारी बनाउन धितोपत्रको निर्देशन

विहीबार, ०६ बैशाख २०७५, १२ : ३५ मा प्रकाशित

सी-आस्वा प्रणालीमा लगानीकर्ताको गुनासो, प्रभावकारी बनाउन  धितोपत्रको निर्देशन

अर्थ संसार, काठमाडौं– धितोपत्र बोर्ड नेपालले धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्बा प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न कार्य गर्न आस्बा सदस्यहरुलाई निर्देशन जारी गरेको छ ।

उक्त सेवा प्रधान गर्न बोर्डबाट अनुमति प्रप्त गरेका बैंङक तथा वित्तिय स्ंस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भएबमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकिन नगरिकनै आवेदन बुझिलिने गरेको, चेक समेत बुझिलिने गरेको जस्ता गुनासाहरु बोर्डमा प्राप्त भएको सन्दर्भमा उक्त सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन बोर्डले सम्पुर्ण आस्बा सदस्यहरुलाई देहाय अनुसार गर्न/गराउन परिपत्र गरेको हो ।

परिपत्र अनुसार सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्रप्त आवेदन सी–आस्बा सफ्टवेयरमा रुजु गरी ग्रहकको पहिचान यकिन गरेपश्चात् मात्र बुझिलिन र आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवाश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्ने रहेका छन् ।

यसैगरी सेवाग्राहीलाई सी आस्बा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न प्रयाप्त प्रचारप्रसार गर्ने र सी–आस्बा सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीलाई तालिम प्रधान गर्न पनि निर्देशन दिइएको छ ।

यो पनि पढ्नुहोस्

अरुण काबेलीको २५ मेगावाट विजुली बाल्ने अन्तिम तयारीमा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको