Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको जिएसएम सुविधा पाएपछि मुगुका नाक्च्यावासी दंग

विहीबार, ०६ बैशाख २०७५, १० : ४७ मा प्रकाशित

नेपाल टेलिकमको जिएसएम सुविधा पाएपछि मुगुका नाक्च्यावासी दंग

अर्थ संसार, काठमाडौं– नेपाल टेलिकमले ले बुधबारबाट मुगुमा जिएसएम सेवा सुरु गरेको छ। जिएसएम सेवा सुरुसँगै यहाँक स्थानीयवासीहरु दंग परेका छन् ।

भिस्याट प्रविधीबाट सुरु  गरिएको जीएसएम सेवा बलम्बुस्थित सगरमाथा स्टेसनमार्फत गरिएको टेलिकमले बताएको छ। टेलिकमका अनुसार उक्त स्टेशन मुगुको मुगुम कर्मारोङ गाउँपालिका स्थित भिस्याट प्रविधीमा लिंक गरिएको छ।

तीन हजार मिटर उचाइमा रहेको मुगु कर्मारोङस्थित नाक्च्या जिल्लैको विकट क्षेत्र रहनुका साथै चीनको सिमानासँग जोडिएको गाउँपालिका रहेको टेलिकमले बताएको छ।

टेलिकमका अनुसार उक्त क्षेत्र गमगढी र रारा तालदेखि तीन दिन पैदल हिँडेर पुगिन्छ। यसअघि कुनैपनि दुरसंचार सेवा नभएको उक्त क्षेत्रका वासिन्दाले यस अघि तीन घण्टा हिँडेर मोबाइल सेवा प्रयोग गर्ने गरेको टेलिकमले बताएको छ।

टेलिकमका अनुसार अब पर्यटक लाभान्वित हुनका साथै दुई सय घरधुरीले मोबाइल सेर्वा प्रयोग गर्न सक्नेछन्। नेपाल सरकारको ग्रामीण क्षेत्रसम्म दुरसंचार सेवाको पहुँच विस्तार गर्ने निति अन्तर्गत उक्त क्षेत्रमा पनि सेवा विस्तार गरेको टेलिकमले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको