Like us!
Follow us!
Connect us!
Watch us!

क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना पक्राउ

बुधबार, ०५ बैशाख २०७५, १६ : ५३ मा प्रकाशित

क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना पक्राउ

फोटो फाइल

अर्थ संसार, काठमाडौँ– महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेका छन् ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा छिरेर जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले उक्त क्यासिनोबाट थुप्रै नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको