Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्त वित्तीयको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, आधारभूत तथा प्राविधिक विश्लेषण

बुधबार, ०५ बैशाख २०७५, ०७ : ५० मा प्रकाशित

ग्रामीण विकास लघुवित्त वित्तीयको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, आधारभूत तथा प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको चालू आव २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार रू. ९ करोड ७९ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ४५ प्रतिशतले कमी हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको देखिन्छ । पुस मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १७ प्रतिशतले बढेर रू. ६५ करोड ५० लाख पुगेको छ । कम्पनीले रिजर्भ कोषमा रू. २३ करोड ८१ लाख छुट्याएको छ ।

सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ७३ लाख छुट्याएको छ । साथै कम्पनीको नाम परिवर्तन भई ग्रामीण विकास लघुवित्त वित्तीय संस्था भएको छ । यसभन्दा पहिला कम्पनीको नेपाल ग्रामीण विकास बैङ्क रहेको थियो ।

वर्गीकरणः लघुवित्त

पछिल्लो व्यापार मूल्यः रू. ६५५

५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १३०४

५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. १०८

१८० दिनको भारित औसत मूल्यः रू. ६६३.३८

कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन  

अध्यक्षः मनिक रत्न शाक्य

प्रमुख कार्यकारी अधिकृतः पर्बत कुमार कार्की

प्रधान कार्यालयः बुटवल १० कालिकानगर, रुपन्देही

क्षेत्रिय शाखाः ५

वेबसाइटः www.grameenbanknepal.com

स्टक सङ्केतः एनजीबीबीएल

कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचक (रू. हजारमा)

महत्वपूर्ण अनुपात 

आधारभूत विश्लेषण

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ३२ दशमलव ३५ प्रतिशतबाट घटेर १४ दशमलव ९५ प्रतिशतमा सिमित भएको छ कम्पनीको लगानी रू. ६० लाख ७९ हजार रहेकोे छ ।

  • कम्पनीको निक्षेप २२ प्रतिशत बढेर रू. २ अर्ब ४८ करोड ४० लाख पुगेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेर रू. ८ अर्ब १३ करोड ४५ लाख रहेको छ ।

  • खुद ब्याज आम्दानी रू. ४० करोड ३५ लाख, कर्मचारी खर्च रू. २६ करोड ९५ लाख, अन्य सञ्चालन खर्च रू. ४ करोड ५५ लाख र सञ्चालन नाफा रू. १२ करोड २९ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति १३ प्रतिशत बढेर रू. ३ करोड ४९ लाख र अन्य सम्पत्ति ७९ प्रतिशतले बढेर रू. १ अर्ब ४८ करोड ८१ लाख पुगेको छ ।

  • पूँजीकोष लागत ८ दशमलव ८४ प्रतिशत र पूँजी कोष पर्याप्तता ७ दशमलव शून्य ३ प्रतिशत छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा रू. २ करोड २९ लाख खराब कर्जा उठाउन सफल भएको छ भने निष्क्रिय कर्जा ४ दशमलव ४९ प्रतिशत छ ।

  • कम्पनीको चालू आवको दास्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक)रू. २९ दशमलव ९०, मूल्य आम्दानी अनुपात २२ दशमलव २७, तरलता अनुपात ११ दशमलव ०३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३६ दशमलव ३६ छ । मङ्गलवारको शेयरमूल्य नेटवर्थको करीब ५ गुणा छ ।

प्राविधिक विश्लेषण

खरीद चापः कम्पनीको मङ्गलवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी भएको छ । सो अवधिसम्म ९ हजार १ सय ८७ कित्ता सेयर खरीद र ४ हजार ८४ कित्ता शेयर विक्री गर्ने माग थियो ।

मङ्गलवार भएको शेयर कारोबार विवरण

मैनबत्ती विश्लेषण 

१६ जनवरी  २०१८                                                                          १७ अप्रिल २०१८

स्ट्याण्डर्ड डेभिएशन

१६ जनवरी  २०१८                                                                                 १७ अप्रिल २०१८

आरएसआई

१६ जनवरी  २०१८                                                                                 १७ अप्रिल २०१८

मुभिङ एभरेज 

१६ जनवरी  २०१८                                                                                १७ अप्रिल २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ५९ दिनको कारोबारको अन्तिम दिनमा लामो पुच्छर भएको सेतो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत गर्दछ ।

  • आरएसआईः कम्पनीको ५९ दिनको कारोबारमा आरएसआई ओभरवट जोन (७३ दशमलव ५३ स्केल)मा छ । यसले शेयर खरीद बढेको देखाउँछ  ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५९ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ४० दशमलव ६३ विन्दुमा छ । उतारचढाव सामान्य छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५९ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा माथि छ । हालको मूल्य रू. ६ सय ५५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू. ६ सय ७५ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ५ सय २८ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको