Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

मंगलबार, ०४ बैशाख २०७५, १९ : ११ मा प्रकाशित

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

अर्थ संसार, काठमााडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले देशमा रोजगारी प्रवद्र्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको हो ।

राष्ट्रपतिले देशको आर्थिक समृद्धिमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासन कायम गर्दै लगानी अभिवृद्धि र व्यापार प्रवद्र्धनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रको अर्थतन्त्रलाई सुदृढ एवं सबल तुल्याउन सार्वजनिक र निजी क्षेत्रबीचको साझेदारीबारे पनि विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको